back
CTIZAN AD

साउदीमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो, १३ सय बढी संक्रमित

वि.सं.२०७७ जेठ ९ शुक्रवार

732 

shares

९ जेठ, काठमाण्डौं । साउदी अरबमा कोरोना संक्रमणबाट हालसम्म ७ नेपालीको मृत्यु भएको छ भने १,३६४ जना संक्रमित भएको नेपाली दूतावास साउदीले जानकारी दिएको छ ।

दूतावासका अनुसार राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावाले हेर्ने क्षेत्रमा १०१६ जना र जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका छन् ।

संक्रमित मध्ये १७ जना महिला रहेका छन् भने संक्रमित मध्ये ७ जना (यस मध्ये ३ जना महावाणिज्यदूतावास जेद्दाको सूचनामा उल्लेख) नेपालीको निधन भएको पनि दूतावासले जानकारी दिएको छ ।

साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको बताएको जानकारी दिँदै कोरोनाको संक्रमित व्यक्तिहरुसँग टेलिफोन सम्पर्क गर्दा सबैले उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गरिदिन पनि दूतावासले अनुरोध गरेको छ । ‘उच्च मनोबलले रोगसँग लड्ने क्षमता वृद्धि गर्दछ ।’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको लिखित जानकारी अनुसार साउदी अरबमा मार्च २, २०२० देखि आजसम्म ६५,०७७ जना संक्रमित भएका छन् । संक्रमितहरु मध्ये आधा भन्दा बढी निको भई फर्केका र मृत्यु दर पनि न्यून रहेको बताइएको छ ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार ११:०२ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...