back
CTIZAN AD

अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु

वि.सं.२०७७ जेठ ९ शुक्रवार

843 

shares

२२ मे । अमेरिकामा कोरोना भाइरसबाट थप एक नेपालीको मृत्यु भएको छ ।

मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट हयारी भण्डारीले जानकारी दिए अनुसार कनेक्टिकट राज्यमा बस्दै आएका तनहुँ जिल्ला स्थायी घर भएका राज सेन ठकुरीको बुधवार साँझ कोरोन भाइरसका कारण मृत्यु भएको हो ।


५६ वर्षीय ठकुरी विगत १६ वर्षदेखि अमेरिका रहँदै आएका थिए । उनका साथीहरुले जानकारी दिए अनुसार उनी नेपालमा हुँदा कुसल राष्ट्रिय भलिबल खेलाडी थिए ।

ठकुरीको अन्तिम संस्कारका लागि हंगकंगमा रहेकी उनकी श्रीमतीसँग परामर्श गरि स्थानीय संगठनको साथ सहकार्यमा आबस्यक प्रक्रिया पुरा गर्न प्रयासरत रहेको जानकारी डेलिगेट भण्डारीले दिएका छन् ।

नेपाली अमेरिकी समाज, ब्रान्फोर्ड, कनेक्टिकटले ठकुरीको निधनमा दुःख व्यक्त गरेको छ । उनको असायमिक निधनप्रति दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार १०:२४ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...