back

स्वर्गीय पत्रकार क्षेत्रीका छोराको अध्ययनका लागि सहयोग

वि.सं.२०७३ पुस १० आइतवार

579 

shares
GLOBAL IME AD
NTC AD

१० पुस, काठमाडौँ । अल्पायुमै निधन हुनुभएका नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीका छोरा सुशनकुमार क्षेत्रीको अध्ययनका लागि अस्ट्रेलिया निवासी नेपालीले सहयोग गरेका छन् ।

अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको नेपालिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको बैठकले पत्रकार क्षेत्रीका छोराको पठनपाठनका लागि मासिक दुई सय अस्ट्रेलियन डलर दिने निर्णय गरेको फोरमका महासचिव माधव गैरेले जानकारी दिनुभयो ।

फोरम अष्टे«लियामा बस्ने नेपालीको नेपाली काँग्रेस निकट संस्था हो । माध्यमिक तहसम्मको शिक्षाका लागि गरिने उक्त सहयोग प्रत्येक ६ महिनामा हस्तान्तरण गरिने सहमति भएको हाल अष्ट्रेलियामा रहनुभएका युनियनका अध्यक्ष बद्री सिग्देलले बताउनुभयो ।

पत्रकार क्षेत्रीका छोरा सुशन अहिले भीएस निकेतनमा ३ कक्षामा अध्ययनरत छन् । सहयोगका लागि अध्यक्ष सिग्देलले फोरमलाई धन्यवाद दिँदै सम्पूर्ण रकम युनियनमार्फत क्षेत्रीका छोराको अध्ययनमा खर्चिने बताउनुभयो । उक्त सहयोगका लागि फोरमका तर्फबाट अध्यक्ष विवेक थापा र युनियनबाट अध्यक्ष सिग्देलले संयुक्त हस्ताक्षर गर्नुभएको छ । रासस

वि.सं.२०७३ पुस १० आइतवार ०३:२१ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...