back
CTIZAN AD

स्वर्गीय पत्रकार क्षेत्रीका छोराको अध्ययनका लागि सहयोग

वि.सं.२०७३ पुस १० आइतवार

1K 

shares

१० पुस, काठमाडौँ । अल्पायुमै निधन हुनुभएका नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीका छोरा सुशनकुमार क्षेत्रीको अध्ययनका लागि अस्ट्रेलिया निवासी नेपालीले सहयोग गरेका छन् ।

अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको नेपालिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको बैठकले पत्रकार क्षेत्रीका छोराको पठनपाठनका लागि मासिक दुई सय अस्ट्रेलियन डलर दिने निर्णय गरेको फोरमका महासचिव माधव गैरेले जानकारी दिनुभयो ।

फोरम अष्टे«लियामा बस्ने नेपालीको नेपाली काँग्रेस निकट संस्था हो । माध्यमिक तहसम्मको शिक्षाका लागि गरिने उक्त सहयोग प्रत्येक ६ महिनामा हस्तान्तरण गरिने सहमति भएको हाल अष्ट्रेलियामा रहनुभएका युनियनका अध्यक्ष बद्री सिग्देलले बताउनुभयो ।

पत्रकार क्षेत्रीका छोरा सुशन अहिले भीएस निकेतनमा ३ कक्षामा अध्ययनरत छन् । सहयोगका लागि अध्यक्ष सिग्देलले फोरमलाई धन्यवाद दिँदै सम्पूर्ण रकम युनियनमार्फत क्षेत्रीका छोराको अध्ययनमा खर्चिने बताउनुभयो । उक्त सहयोगका लागि फोरमका तर्फबाट अध्यक्ष विवेक थापा र युनियनबाट अध्यक्ष सिग्देलले संयुक्त हस्ताक्षर गर्नुभएको छ । रासस

वि.सं.२०७३ पुस १० आइतवार ०३:२१ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...