back
CTIZAN AD

क्वारेन्टाइनमा बसेकाले कुटे ड्युटीमा खटिएका प्रहरीलाई

वि.सं.२०७७ जेठ १७ शनिवार

765 

shares

१७ जेठ, सप्तरी । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका-१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् ।

क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग (पटेला) फुस्किएको र अनुहार सुन्निएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर गुप्ताले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा प्राथमिक उपचारपछि घाइते साहलाई उपचारका लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिनबाट रोक्न एकान्तबासका लागि बनाइएको क्वारेन्टिनमा भारतलगायत बाहिरबाट आएकालाई सुरक्षित राखिए पनि परिवारका सदस्य र गाउँले आएर अनावश्यक भिडभाड गर्ने गरेका प्रहरीको गुनासो छ ।

क्वारेन्टिनमा बसेकालाई भेटघाट गर्न आएका मानिस टाँसिएर कुराकानी गरिरहेका देखि दूरी कायम राखी अलग्गै बस्न भनेकामा क्वारेन्टिनमा बसेका र उनलाई भेटन आएका मिलेर बाँसको लाठीले समेत कुटपिट गरेको घाइते साहले बताए ।

ज्यान जोखिममा राखेर जनताको सेवामा खटिएका सुरक्षाकर्मीमाथि नै भएको कुटपिटको घटना निन्दनीय भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । कुटपिटमा संलग्नमध्ये बाहिरबाट आएका एक जना आरोपितलाई पक्राउ गरिएको उनले बताए । क्वारेन्टिनमा रहेका आरोपित हाल क्वारेन्टिनमै प्रहरी निगरानीमा रहेका प्रहरीले जनाएको छ । उक्त क्वारेन्टिननमा हाल ३१ जना रहेका छन् ।

वि.सं.२०७७ जेठ १७ शनिवार १९:१७ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...