back
CTIZAN AD

नेपालमा हालसम्म ६६,७२९ पिसीआर परीक्षण, संक्रमित १४०१, र निको हुनेको संख्या २१९, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ जेठ १७ शनिवार

969 

shares

१७ जेठ, काठमाण्डौं । नेपालमा शनिबार (१७ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ६७ हजार ४८४ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ४,१५२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो शुक्रबारको तुलनामा झण्डै २ हजारले कमि हो ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ६६ हजार ७२९ र आरडिटी प्रविधिबाट १ लाख ७ हजार ५५ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा २,५७८ पिसीआर र १,५७७ र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ११,७४७ प्रदेश नं २ मा ६,८१८, बाग्मती प्रदेशमा २५,२३१ गण्डकी प्रदेशमा ८,४५८ प्रदेश नं ५ मा २०,१८५ कर्णाली प्रदेशमा १२,९९९ र सुदूरपश्चिम प्रदेशमा २१,६१७ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख १० हजार ७८ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ३,१६६, प्रदेश नं २ मा १८,९७१ बाग्मती प्रदेशमा २,२२३ गण्डकी प्रदेशमा ३,०२६, प्रदेश नं ५ मा ३३,४५१, कर्णाली प्रदेशमा १८,९३६ र सुदूरपश्चिम प्रदेशमा ३०,३१० जना रहेको स्वास्थ्य मन्त्रालयले शनिबार (जेठ १७ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
हालसम्म ७ प्रदेशका ५३ जिल्लाका विभिन्न अस्पतालमा १,१७६ जना आइसोलेसनमा रहेका छन् । जसमा प्रदेश १ मा १३०, प्रदेश २ मा ४४२, बाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा १७, प्रदेश नं ५ मा ४९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

त्यसैगरी हालसम्म रेडजोन (संभावित संक्रमित) मा रहनेको संख्या ४७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जना रेडजोनमा थपिएका छन् । उनी महोत्तरी निवासी हुन् । हालसम्म रेडजोनमा ४७४ जना देखिएपनि उनीहरुमा हालसम्म संक्रमण नदेखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो
नेपालमा आज थप १८९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेमा पुरुष १८५ पुरुष र महिला ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२४ जनामा पोजेटिभ देखिएको छ । उनीहरु धनुषाका ७ जना २० देखि ४२ वर्षीय पुरुष, झापाका ४५ वर्षीय पुरुष, कपिलवस्तुका ७७ जना १६ देखि ६० वर्षीय पुरुष, ललितपुरका २३ वर्षीय महिला, महोत्तरीका २५ देखि ५५ वर्षीय ४ पुरुष र रौतहटका १८ देखि ४५ वर्षका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका १६ देखि ४० वर्षका १७ जना पुरुष र सिराहाका १७ देखि ४० वर्षीय ११ जना पुरुष पनि संक्रमित भएका छन् ।

प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कपिलवस्तु यशोधराका २९ जना रहेका छन् । उनीहरु १५ देखि ५० वर्षीय पुरुष रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परक्षिणमा सप्तरीका ९ जनामा संक्रमण देखिएको छ । उनीहरुमा ८ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको उमेर समुह १८ देखि २८ वर्ष रहेको छ ।

Home

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कपिलवस्तु विजनयगरका ३ जना २६ देखि ५२ वर्षीय पुरुष, हापुरे दाङका ३० वर्षीय पुरुष र बग्लाचुली दाङका २७ देखि ३८ वर्षका पुरुष तीन पुरुष २८ वर्षीय महिला पनि रहेकी छन् ।

नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बारा हर्दियाका २८ वर्षीय पुरुष, पर्सा प्रसौनीका १८ वर्षे पुरुष र ६० वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा संक्रमण भेटिएको छ । उनीहरु १४ देखि ५० वर्षका पुरुष रहेका छन् ।

कोशी प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा संखुवासभा खादवारीका २३ वर्षे र पाँचखपनका २२ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।

आज थपिएका १८९ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । उनीहरुमा १,२८८ जना पुरुष र ११३ जना महिला रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ९ जिल्लाका १६० जना, (आज थपिएको जिल्ला संखुवासभा), प्रदेश २ का सबै जिल्ला (८ जिल्ला) का ५४७ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ४५ जना, गण्डकी प्रदेशका ५ जिल्लाका २० जना, प्रदेश नं ५ का ९ जिल्लाका ५४७, कर्णाली प्रदेशका ३ जिल्लाका ६१ जना र सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका २१ जना रहेका छन् । कूल १४०१ जना संक्रमित भएको पुष्टि भएको छ भने ५३ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ ।

आज १३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २१९ पुग्यो
पछिल्लो २४ घण्टामा १३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । उनीहरुमा टेकु अस्पतालमा उपचाररत बुढानिलकण्ठका ३० वर्षीय पुरुष जो पाँचदिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् भने टोखा ७ का ४० वर्षीय पुरुष पनि पाँचौदिनमा डिस्चार्ज भएका हुन् ।

आज पनि १३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २१९ पुग्यो

त्यसैगरी कोभिड-१९ युनिफाइड अस्पताल बलम्बुमा उपचाररत ११ जना पनि निको भएर घर फर्किएका छन् । उनीहरुमा ९ जना विभिन्न जिल्लामा घर भई हाल काठमाण्डौंमा रहेका हुन् । डिस्चार्ज हुनेमा ६ पुरुष र ३ महिला रहेका छन् । ७ देखि ४२ वर्ष उमेर समुहका उनीहरु १० देखि १५ दिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् ।

त्यसैगरी सोहि अस्पतालमा उपचाररत अछाम घर भई बाँकेमा बस्ने ३२ वर्षीय पुरुष १६ दिनमा र रुकुम घर भई ललितपुरमा बस्ने २६ वर्षे पुरुष ११ दिनमा डिस्र्चाज भएका हुन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त भएका २१९ पुगेका छन् । जसमा १७२ पुरुष र ४७ जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति निको भए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार आज (शनिबार) डिस्र्चाज भएका १३ जना सहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २१९ पुगेको छ ।

जसमा प्रदेश नम्बर १ का ३०, प्रदेश २ का १०४, बाग्मती प्रदेशका २८ जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश ५ का ४८ र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी जम्मा २१९ जना हालसम्म डिस्चार्ज भएका छन् । जसमा १७२ पुरुष र ४७ जना महिला हालसम्म कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  हालसम्म ६ पुगेको छ । पछिल्लोपटक मृत्यु भएका अर्घाखाँचीका युवा हुन् ।
अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवाको भारतमा मजदूरी गरेर नेपाल फर्कने क्रममा जेठ १० गते मृत्यु भएको थियो । उनको जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । विहिबार आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । उनको शबको दाहसंस्कार भइसकेको छ ।

उनीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा बुधबार (जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।

उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

त्यस्तै जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

नेपालमा हालसम्म ६४ हजार बढी पिसीआर परीक्षण, १२१२ संक्रमित, मृतकको संख्या ६ पुग्यो, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ जेठ १७ शनिवार १८:३१ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...