
१६ जेठ, काठमाण्डौं । नेपालमा बिहिबार (१६ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ६९ हजार ६३२ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ६,६८२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ६४ हजार १५४ र आरडिटी प्रविधिबाट १ लाख ५ हजार ४७८ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ३,२३८ पिसीआर र ३,४४४ र्यापिड परीक्षण गरिएको छ ।
प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ११,४०६ प्रदेश नं २ मा ६,६७३, बाग्मती प्रदेशमा २५,१०९ गण्डकी प्रदेशमा ७,९५० प्रदेश नं ५ मा २०,१८५ कर्णाली प्रदेशमा १२,७९९ र सुदूरपश्चिम प्रदेशमा २१,३५६ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।
क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा ९९ हजार ३३६ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २,७४७ प्रदेश नं २ मा १६,६७८ बाग्मती प्रदेशमा १,९५४ गण्डकी प्रदेशमा २,८१४, प्रदेश नं ५ मा ३२,३७३, कर्णाली प्रदेशमा ३२,३७३ र सुदूरपश्चिम प्रदेशमा २५,७६५ जना रहेको स्वास्थ्य मन्त्रालयले बुधबार (जेठ १६ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
आइसोलेसन र रेडजोनमा
हालसम्म ७ प्रदेशका ५२ जिलाका विभिन्न अस्पतालमा १ हजार जना आइसोलेसनमा रहेका छन् । जसमा प्रदेश १ मा १२७, प्रदेश २ मा ३८७, बाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ३८३, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
त्यसैगरी हालसम्म रेडजोन (संभावित संक्रमित) मा रहनेको संख्या ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना रेडजोनमा थपिएका छन् । उनीहरु काठमाण्डौ, ललितपुर, सुनसरी र झापाका रहेका छन् ।
आज १७० नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १,२१२ पुग्यो
नेपालमा आजमात्रै १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएकामा कोशी अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा पुष्टि भएको छ । उनीहरुमा झापा कचनकवलका २४ जना १८ देखि ४१ वर्षका पुरुष रहेका छन् भने, झापा तयारीभिट्टाका तीनजना २४ देखि ५४ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी राजविराजका ५ जना २० देखि २६ वर्षीय पुरुष र झापा भद्रपुरका ३४ वर्षीय पुरुष रहेका छन् ।
नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु बारा पचौटा राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ४ जना २७ देखि ४५ वर्षीय पुरुष रहेका छन् । साथै पर्सा पोखरीयाका २१ देखि ४२ बर्षीय पुुरुष, जिरा भवानीका ३४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाही घर भई सोहि अस्पतालमा कार्यरत १ जना महिलामा पनि संक्रमण देखिएको छ ।
गण्डकी अस्पतालमा पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुष र भेरी अस्पताल दाङमा गरिएको परीक्षणमा बाँके डुडुवाका १० जनामा संक्रमण भेटिएको छ । उनीहरु १७ देखि ४१ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।
त्यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ । उनीहरु कपिलवस्तु नगरपालिका २३ देखि २६ वर्ष उमेरका ४ जना र नवलपरासी सुस्तापूर्व देवचुलीका १९ र २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तु यशोधरा कृष्णनगरमा रहेको भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु ७ वर्षका बालकसहित ५२ वर्ष उमेर समुहका रहेका छन् ।
त्यस्तै रौतहट राजपुर फरदवा जनतामावि डुमरियाका ५६ जना रहेका छन् । उनीहरुमा २ बालिका र ५४ जना पुरुष रहेका छन् । उनीहरुको उमेर समुह २२ देखि ७० वर्ष रहेको छ ।
सर्लाही मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा तीन पुरुष र १ महिला रहेका छन् भने उनीहरुको उमेर समुह १९ देखि ३० वर्ष रहेको छ ।
रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण भेटिएको छ । जसमा कपिलवस्तु गौतमबुद्ध माविको क्वारेन्टाइनमा रहेका १५ जना पुरुष रहेका छन् । उनीहरु १७ देखि ४४ वर्ष उमेरका रहेका छन् । साथै सैनामैनाका २७ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण भेटिएको छ । उनीहरु दाङ गढवाका २ जना २८ र ४१ वर्षीय पुरुष र कपिलवस्तु विजयनगरका ९ जना १७ देखि ५२ वर्षीय पुरुष रहेका छन् ।
नेपालमा आज देखिएका १७० जनासँगै नेपालमा कूल संक्रमितको संख्या १,२१२ पुगेको छ । जसमा १,१०३ पुुरुष र १०९ जना महिला रहेका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ८ जिल्लाका १५७ जना, प्रदेश २ का सबै जिल्ला (८ जिल्ला) का ४९० जना, बाग्मती प्रदेशका १२ जिल्लाका ४४ जना, गण्डकी प्रदेशका ५ जिल्ला (आज थपिएको म्याग्दी) का २० जना, प्रदेश नं ५ का ९ जिल्लाका ४३३, कर्णाली प्रदेशका ३ जिल्लाका ४७ जना र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका २१ जना रहेका छन् । हालसम्म कूल १,२१२ जना संक्रमित रहेका छन् भने हालसम्म ५२ जिल्लामा मानिसहरुमा संक्रमण पुष्टि भएका छन् ।
आज १७० जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,२१२ पुग्यो
आज १९ कोरोना मुक्त भएसँगै निको हुनेको संख्या २०६ पुग्यो
नेपालमा आज १९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आज निको भएर डिस्चार्ज हुनेमा टेकु अस्पतालमा उपचाररत २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बु युनिफाइड कोभिड १९ अस्पतालबाट २ जना, कोरोना विशेष अस्प्ताल बेलझण्डी दाङबाट ८ जना गरी जम्मा १९ जना आज कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
उनीहरुसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २०६ पुगेको छ । जसमा १६२ पुरुष र ४४ जना महिला रहेका छन् ।
आज १९ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २०६ पुग्यो
कुन प्रदेशमा कति निको भए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार आज (शुक्रबार) डिस्र्चाज भएका १९ जना सहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २०६ पुगेको छ ।
जसमा प्रदेश नम्बर १ का ३०, प्रदेश २ का १०२, बाग्मती प्रदेशका २० जना, गण्डकी प्रदेशका २ जना, प्रदेश ५ मा ४७ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा २०६ जना हालसम्म डिस्चार्ज भएका छन् । जसमा १६२ पुरुष र ४४ जना महिला हालसम्म कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
नेपालमा थप एकको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ६ पुग्यो
कोरोना संक्रमणबाट हालसम्म ५ को मृत्यु
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । पछिल्लोपटक मृत्यु भएका अर्घाखाँचीका युवा हुन् ।
अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवाको भारतमा मजदूरी गरेर नेपाल फर्कने क्रममा जेठ १० गते मृत्यु भएको थियो । उनको जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । विहिबार आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । उनको शबको दाहसंस्कार भइसकेको छ ।
उनीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा बुधबार (जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।
उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
त्यस्तै जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।
यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।
नेपालमा कोरोना अपडेटः ६०,६९६ पिसीआर परीक्षण १०४२ संक्रमित, ५ को मृत्यु र आइसोलेसनमा ८५० जना