back
CTIZAN AD

नेपालमा कोरोना अपडेटः ६०,६९६ पिसीआर परीक्षण १०४२ संक्रमित, ५ को मृत्यु र आइसोलेसनमा ८५० जना

वि.सं.२०७७ जेठ १५ बिहीवार

801 

shares

१५ जेठ, काठमाण्डौं । नेपालमा बिहिबार (१५ जेठसम्म) र्यापड र पिसीआर प्रविधि दुवैबाट १ लाख ६० हजार ९३० वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४,१६६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ६० हजार ६९६ र आरडिटी प्रविधिबाट १ लाख २३४ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा २,४१९ पिसीआर र १,७४७ र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ११,३२२ प्रदेश नं २ मा ६,६१७, बाग्मती प्रदेशमा २४,८६४ गण्डकी प्रदेशमा ७,९५० प्रदेश नं ५ मा १८,७९४ कर्णाली प्रदेशमा ११,३५२ र सुदूरपश्चिम प्रदेशमा २१,१३५ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा ८६ हजार ५७ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २०९१ प्रदेश नं २ मा १४,०१४ बाग्मती प्रदेशमा १,६३१, गण्डकी प्रदेशमा २,२०४, प्रदेश नं ५ मा २९,१५८, कर्णाली प्रदेशमा १४,८३५ र सुदूरपश्चिम प्रदेशमा २२,२१५ जना रहेको स्वास्थ्य मन्त्रालयले बुधबार (जेठ १५ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
हालसम्म ७ प्रदेशका ४९ जिल्लाका विभिन्न अस्पतालमा ८५० जना आइसोलेसनमा रहेका छन् । जसमा प्रदेश १ मा ९९, प्रदेश २ मा ३१३, बाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ मा ३२९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

त्यसैगरी हालसम्म रेडजोन (संभावित संक्रमित) मा रहनेको संख्या ४६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएका छन् । उनीहरु विराटनगर, काठमाण्डौं, पर्सा र झापाका रहेका छन् ।

आज थपिए १५६ जना, संक्रमितको संख्या १०४२ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परक्षिणमा सप्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३२ र ४० वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परक्षिणमा २५ जनामा संक्रमण देखिएको छ । उनीहरु १६ देखि ४२ वर्षीय पुरुष रहेका छन् ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षीय युवामा संक्रमण भेटिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परक्षिणमा ७७ जना संक्रमति पुष्टि भएका छन् । उनीहरु धनुषाका २९ जना रहेका छन् । जसमा ४ वर्षीया बालिका ८ वर्षीय बालक, २५ पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको उमेर समुह १४ देखि ७० वर्ष रहेको छ ।

त्यसैगरी महोत्तरीका १७ जनामा संक्रमण देखिएको छ ।जसमा ४५ वर्षीय महिलासहित १५ देखि ४५ वर्षका १६ जना पुरुष रहेका छन् ।
रौतहटमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १२ देखि ३० वर्र्षीय पुरुष रहेका छन् ।

सप्तरीमा १२ जनामा संक्रमण भेटिएको छ । उनीहरु १८ देखि ४२ वर्षीय पुरुष रहेका छन् ।  सर्लाहीमा ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ३१ वर्षका पुरुष रहेका छन् । साथै सिराहाका १४ देखि ४० वर्षीय १४ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

दोलखामा पनि २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १९ र २० वर्षीय पुरुष रहेका छन् । सोलुखुम्बुमा पनि १ जना संक्रमित भेटिएका छन् । उनी २६ वर्षीय पुरुष रहेका छन् भने सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परक्षिणमा २३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा बझाङका ५५ वर्षीय पुरुष र सुर्खेतका १३ जना पुरुष रहेका छन् । उनीहरुमा २ जना २ र ५ वर्षे बालिका, ११ देखि ३७ वर्षका ७ जना पुरुष रहेका छन् भने २२ देखि ३९ वर्षका ४ महिला रहेका छन् । उनीहरुमा १ जना बोल्न नसक्ने महिला रहेको बताइएको छ ।

त्यसैगरी दैलेखका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा २० वर्षीया महिला र १७ देखि ४० वर्षका ७ पुरुष रहेका छन् ।
त्यसैगरी गण्डकी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा स्याङजाका ३ जना संक्रमित भेटिएका छन् । उनीहरुमा २२ र २६ वर्षीय पुरुष तथा ३९ वर्षीय महिला रहेका छन् ।

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २६ वर्षीय पुरुष र कैलालीका २५ र ३० वर्षे पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा मकवानपुर हेटौडाका ५० वषीय पुरुष रहेका छन् ।
भेरी अस्पातालमा गरिएको परक्षिणमा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जसमा बर्दियाका ३ जना २९ देखि ३४ वर्षीय पुरुष र नेपालगन्ज बाँकेका २८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा ८ वर्षे बालकदेखि ४० वर्ष सम्मका पुरुष रहेका छन् ।

आज देखिएका १५६ जनासहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ । जसमा ९४० जना पुरुष र १०२ जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ८ जिल्लाका १२९ जना, प्रदेश २ का सबै जिल्ला (८) का ४१५ जना, बाग्मती प्रदेशका १२ जिल्ला (आज थपिएको दोलखा) का ४४ जना, गण्डकी प्रदेशका ४ जिल्लाका १७ जना, प्रदेश नं ५ का ९ जिल्लाका ३६९, कर्णाली प्रदेशका ३ जिल्लाका ४७ जना र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका २१ जना रहेका छन् । हालसम्म कूल १०४२ जना संक्रमित रहेका छन् भने हालसम्म ४९ जिल्लामा संक्रमित पुष्टि भएका छन् ।

आज ४ जना निको भएर घर फर्किए
नेपालमा आज ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएर घर फर्किएकामा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत पर्साका ४ जना रहेका छन् । उनीहरुमा २ पुरुष र २ महिला रहेका छन् । ११ देखि १४ दिनको अस्पताल बसाइबाट डिस्चार्ज भएका उनीहरु २७ देखि ३२ वर्ष उमेर समु्हका रहेका छन् ।

कुन प्रदेशमा कति निको भए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार विहिबार डिस्र्चाज भएका ४ जना सहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १८७ पुगेको छ ।
जसमा प्रदेश नम्बर १ का ३०, प्रदेश २ का १८७, बाग्मती प्रदेशका ११ जना, गण्डकी प्रदेशका २ जना, प्रदेश ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १८७ जना हालसम्म डिस्चार्ज भएका छन् । जसमा १४४ पुरुष र ४३ जना महिला निको भएर घर फर्किएका हुन् ।

कोरोना संक्रमणबाट हालसम्म ५ को मृत्यु

नेपालमा कोरोना संक्रमणबाट बुधबार (जेठ १४) गते १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुष रहेका छन् । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।

उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । नेपालमा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

चुनौती थपिदै गएकोले थप सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

त्यस्तै जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

नेपालमा हालसम्म झण्डै ५९ हजार पिसीआर परीक्षण, ८८६ संक्रमित, आइसोलेशनमा ६९९ र रेडजोनमा ४६४ जना

वि.सं.२०७७ जेठ १५ बिहीवार १६:४५ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...