Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा कोरोना अपडेटः ६०,६९६ पिसीआर परीक्षण १०४२ संक्रमित, ५ को मृत्यु र आइसोलेसनमा ८५० जना



१५ जेठ, काठमाण्डौं । नेपालमा बिहिबार (१५ जेठसम्म) र्यापड र पिसीआर प्रविधि दुवैबाट १ लाख ६० हजार ९३० वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४,१६६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ६० हजार ६९६ र आरडिटी प्रविधिबाट १ लाख २३४ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा २,४१९ पिसीआर र १,७४७ र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ११,३२२ प्रदेश नं २ मा ६,६१७, बाग्मती प्रदेशमा २४,८६४ गण्डकी प्रदेशमा ७,९५० प्रदेश नं ५ मा १८,७९४ कर्णाली प्रदेशमा ११,३५२ र सुदूरपश्चिम प्रदेशमा २१,१३५ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा ८६ हजार ५७ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २०९१ प्रदेश नं २ मा १४,०१४ बाग्मती प्रदेशमा १,६३१, गण्डकी प्रदेशमा २,२०४, प्रदेश नं ५ मा २९,१५८, कर्णाली प्रदेशमा १४,८३५ र सुदूरपश्चिम प्रदेशमा २२,२१५ जना रहेको स्वास्थ्य मन्त्रालयले बुधबार (जेठ १५ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
हालसम्म ७ प्रदेशका ४९ जिल्लाका विभिन्न अस्पतालमा ८५० जना आइसोलेसनमा रहेका छन् । जसमा प्रदेश १ मा ९९, प्रदेश २ मा ३१३, बाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ मा ३२९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

त्यसैगरी हालसम्म रेडजोन (संभावित संक्रमित) मा रहनेको संख्या ४६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएका छन् । उनीहरु विराटनगर, काठमाण्डौं, पर्सा र झापाका रहेका छन् ।

आज थपिए १५६ जना, संक्रमितको संख्या १०४२ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परक्षिणमा सप्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३२ र ४० वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परक्षिणमा २५ जनामा संक्रमण देखिएको छ । उनीहरु १६ देखि ४२ वर्षीय पुरुष रहेका छन् ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षीय युवामा संक्रमण भेटिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परक्षिणमा ७७ जना संक्रमति पुष्टि भएका छन् । उनीहरु धनुषाका २९ जना रहेका छन् । जसमा ४ वर्षीया बालिका ८ वर्षीय बालक, २५ पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको उमेर समुह १४ देखि ७० वर्ष रहेको छ ।

त्यसैगरी महोत्तरीका १७ जनामा संक्रमण देखिएको छ ।जसमा ४५ वर्षीय महिलासहित १५ देखि ४५ वर्षका १६ जना पुरुष रहेका छन् ।
रौतहटमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १२ देखि ३० वर्र्षीय पुरुष रहेका छन् ।

सप्तरीमा १२ जनामा संक्रमण भेटिएको छ । उनीहरु १८ देखि ४२ वर्षीय पुरुष रहेका छन् ।  सर्लाहीमा ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ३१ वर्षका पुरुष रहेका छन् । साथै सिराहाका १४ देखि ४० वर्षीय १४ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

दोलखामा पनि २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १९ र २० वर्षीय पुरुष रहेका छन् । सोलुखुम्बुमा पनि १ जना संक्रमित भेटिएका छन् । उनी २६ वर्षीय पुरुष रहेका छन् भने सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परक्षिणमा २३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा बझाङका ५५ वर्षीय पुरुष र सुर्खेतका १३ जना पुरुष रहेका छन् । उनीहरुमा २ जना २ र ५ वर्षे बालिका, ११ देखि ३७ वर्षका ७ जना पुरुष रहेका छन् भने २२ देखि ३९ वर्षका ४ महिला रहेका छन् । उनीहरुमा १ जना बोल्न नसक्ने महिला रहेको बताइएको छ ।

त्यसैगरी दैलेखका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा २० वर्षीया महिला र १७ देखि ४० वर्षका ७ पुरुष रहेका छन् ।
त्यसैगरी गण्डकी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा स्याङजाका ३ जना संक्रमित भेटिएका छन् । उनीहरुमा २२ र २६ वर्षीय पुरुष तथा ३९ वर्षीय महिला रहेका छन् ।

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २६ वर्षीय पुरुष र कैलालीका २५ र ३० वर्षे पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा मकवानपुर हेटौडाका ५० वषीय पुरुष रहेका छन् ।
भेरी अस्पातालमा गरिएको परक्षिणमा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जसमा बर्दियाका ३ जना २९ देखि ३४ वर्षीय पुरुष र नेपालगन्ज बाँकेका २८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा ८ वर्षे बालकदेखि ४० वर्ष सम्मका पुरुष रहेका छन् ।

आज देखिएका १५६ जनासहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ । जसमा ९४० जना पुरुष र १०२ जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ८ जिल्लाका १२९ जना, प्रदेश २ का सबै जिल्ला (८) का ४१५ जना, बाग्मती प्रदेशका १२ जिल्ला (आज थपिएको दोलखा) का ४४ जना, गण्डकी प्रदेशका ४ जिल्लाका १७ जना, प्रदेश नं ५ का ९ जिल्लाका ३६९, कर्णाली प्रदेशका ३ जिल्लाका ४७ जना र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका २१ जना रहेका छन् । हालसम्म कूल १०४२ जना संक्रमित रहेका छन् भने हालसम्म ४९ जिल्लामा संक्रमित पुष्टि भएका छन् ।

आज ४ जना निको भएर घर फर्किए
नेपालमा आज ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएर घर फर्किएकामा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत पर्साका ४ जना रहेका छन् । उनीहरुमा २ पुरुष र २ महिला रहेका छन् । ११ देखि १४ दिनको अस्पताल बसाइबाट डिस्चार्ज भएका उनीहरु २७ देखि ३२ वर्ष उमेर समु्हका रहेका छन् ।

कुन प्रदेशमा कति निको भए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार विहिबार डिस्र्चाज भएका ४ जना सहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १८७ पुगेको छ ।
जसमा प्रदेश नम्बर १ का ३०, प्रदेश २ का १८७, बाग्मती प्रदेशका ११ जना, गण्डकी प्रदेशका २ जना, प्रदेश ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १८७ जना हालसम्म डिस्चार्ज भएका छन् । जसमा १४४ पुरुष र ४३ जना महिला निको भएर घर फर्किएका हुन् ।

कोरोना संक्रमणबाट हालसम्म ५ को मृत्यु

नेपालमा कोरोना संक्रमणबाट बुधबार (जेठ १४) गते १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुष रहेका छन् । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।

उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । नेपालमा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

चुनौती थपिदै गएकोले थप सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

त्यस्तै जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

नेपालमा हालसम्म झण्डै ५९ हजार पिसीआर परीक्षण, ८८६ संक्रमित, आइसोलेशनमा ६९९ र रेडजोनमा ४६४ जना


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब