back
CTIZAN AD

नेपालमा हालसम्म झण्डै ५९ हजार पिसीआर परीक्षण, ८८६ संक्रमित, आइसोलेशनमा ६९९ र रेडजोनमा ४६४ जना

वि.सं.२०७७ जेठ १४ बुधवार

684 

shares

१४ जेठ, काठमाण्डौं । नेपालमा बुधबार (१४ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ५८ हजार ५६४ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५,८०० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ५८ हजार २७७ र आरडिटी प्रविधिबाट १ हजार २८७ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ३,५८० पिसीआर र २,२२० र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ११,२५२ प्रदेश नं २ मा ६,५६९, बाग्मती प्रदेशमा २४,६८० गण्डकी प्रदेशमा ७,९५० प्रदेश नं ५ मा १७,४३९ कर्णाली प्रदेशमा ११,३५२ र सुदूरपश्चिम प्रदेशमा २१,०४५ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा ७० हजार ३०५ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,८६८ प्रदेश नं २ मा १२,१८३ बाग्मती प्रदेशमा १,३९८, गण्डकी प्रदेशमा १,९३०, प्रदेश नं ५ मा २६,७२९, कर्णाली प्रदेशमा ९,६०९ र सुदूरपश्चिम प्रदेशमा १६,५८८ जना रहेको स्वास्थ्य मन्त्रालयले बुधबार (जेठ १४ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
हालसम्म ७ प्रदेशका ४७ जिल्लाका विभिन्न अस्पतालमा ६९९ जना आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ७३, प्रदेश २ मा २२६, बाग्मती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, प्रदेश नं ५ मा ३२५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
त्यसैगरी हालसम्म रेडजोन (संभावित संक्रमित) मा रहनेको संख्या ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएका छन् । उनीहरु पोखरा, विराटनगर काठमाण्डौं,सुर्खेत, पर्सा र झापाका रहेका छन् ।

आज ११४ जना नयाँ संक्रमित, संक्रमितको संख्या ८८६ पुग्यो
नेपालमा आजमात्रै ११४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण देखिएकामा धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जना संक्रमित भेटिएका छन् । उनीहरुमा सप्तरीको बोडे बसाई नगरपालिकाका १८ देखि ५६ वर्षीय ८ जना पुरुष, सप्तरीकै बालनबेहल गाउँपालिकाका २ जना १७ वर्षीय महिला र २९ वर्षीय पुरुष तथा सुरुङा नगरपालिकाका २९ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका छन् । उनीहरुमा झापा गौरदहका २६ र ४१ वर्षीय पुरुष, कचनकवल नगरपालिकाका १९ देखि ५७ वर्षीका १५ जना पुरुष रहेका छन् ।

त्यसैगरी हेटौडाका किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका छन् । जसमा मकवानपुर हेटौडाकी २३ वर्षीय महिला, रौतहट गढीमाई नगरपालिकाका १७ देखि २९ वर्षीय ७ जना पुरुष रहेका छन् ।

त्यसैगरी पोखरा प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाग्लुङ दमानखोला गाउँपालिकाका ६ जना २१,२१,२१,२७ वर्षीय पुरुष र बडिगाड गउँपालिका १९ र २० वर्षीय पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १८ जना संक्रमित पुष्टि भएका छन् । जसमा रुकुमपुर्व पुथा उत्तरगंगा गाउँपालिकाका १५ वर्षीया महिला र १८ र २३ वर्षे पुरुष, दाङ घोराहीका २४ देखि ४२ वर्षका ७ जना पुरुष, लमही नगरपालिकाका १७ देखि ३० वर्षीय ८ जना पुरुष र १ महिला रहेका छन् ।

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा १६ जना पुष्टि भएका छन् । जसमा बाँके डुडुवा गाउँपालिकाका २१ र ३० वर्षीय पुरुष, राप्ती सोनारीका १९ देखि ४० वर्षका ७ जना पुरुष, बैजनाथ गाउँपालिकाका २४ देखि ४६ वर्षका ६ जना पुरुष र खजुरा गाउँपालिकाका २१ वर्षीय पुरुष रहेका छन् ।

आजमात्रै ११४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा सिराहा सिद्धीचरणका ३९ वर्षीय पुरुष, सिराहाकै हाल रुपनी सप्तरीमा रहेका ३७ वर्षीय पुरुष, वारा पचौटा नगरपालिकाका २५ वर्षीया महिला सहित ८ जना रहेका छन् । जो ७ जना २२ देखि ४१ वर्षका पुरुष रहेका छन् ।

रौतहट गौरका ३५ वर्षीया महिला सहित ८ जना संक्रमित पुष्टि भएका छन् । जसमा १८ देखि ३० वर्षका ७ पुरुष रहेका छन् ।

रौतहटकै देवाही वुनाही नगरपालिकाका २१ र ३५ वर्षे पुरुष, कटरिया नगरपालिकाका २७ र २६ वर्षीय पुरुष, रौतहट श्रीजनता सेकेण्डरी स्कुलमा गरिएको नमुना संकलनमा १४ जनामा संक्रमण देखिएको छ । जसमा १७ देखि ५० वर्षीय पुरुष र मदरासामा गरिएको नमुना संकलनमा २ जना, १३ र ३५ वर्षीय पुरुष रहेका छन् ।

आज थपिएका ११४ जनासँगै नेपालमा ८८६ जना संक्रमित भएका छन् । जसमा ७९८ पुरुष र ९० जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ७ जिल्लाका १०३ जना, प्रदेश २ का सबै जिल्ला (८) का ३२४ जना, बाग्मती प्रदेशका ११ जिल्लाका ३९ जना, गण्डकी प्रदेशका ४ जिल्लाका १३ जना, प्रदेश नं ५ का ९ जिल्लाका ३६५, कर्णाली प्रदेशका ३ जिल्लाका २५ जना र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका १७ जना रहेका छन् । जसमा पुरुष ७९६ जना र ९० जना महिला रहेका छन् ।
हालसम्म कूल ८८६ जना रहेका छन् भने हालसम्म ४७ जिल्लामा संक्रमित पुष्टि भएका छन् ।

आज २८ जना निको भएर घर फर्किए
नेपालमा आजमात्रै २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएर घर फर्किएकामा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत पर्साका २१ जना रहेका छन् । उनीहरुमा डेढ वर्षका बालकसहित ६६ वर्ष उमेर सम्ुहका रहेका छन् । उनीहरु ५ महिला र १६ पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पतालबाट ४ जना निको भएर घर फर्किएका छन् । उनीहरु उदयपुरका हुन् । १७ देखि ३६ दिनमा डिस्चार्ज भएका उनीहरुमा ३ महिला र १ पुरुष रहेका छन् ।

आजमात्रै २८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या १८३ पुग्यो

त्यसैगरी बाँकेको सुशील कोइराला क्यान्सर प्रखर अस्पतालमा उपचाररत ३ जना रहेका छन् । उनीहरु बाँकेका २४ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेका छन् । उनीहरु ११ देखि २२ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।
त्यस्तै बर्दियाकी ११ वर्षीया बालिका पनि निको भएर घर फर्किएकी छन् ।

कुन प्रदेशमा कति निको भए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार डिस्र्चाज भएका २८ जना सहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १८३ पुगेको छ ।
जसमा प्रदेश नम्बर १ का ३०, प्रदेश २ का ९७, बाग्मती प्रदेशका ११ जना, गण्डकी प्रदेशका २ जना, प्रदेश ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १८३ जना हालसम्म डिस्चार्ज भएका छन् । जसमा १४२ पुरुष र ४१ जना महिला निको भएर घर फर्किएका हुन् ।

संक्रमणबाट हालसम्म ४ को मृत्यु
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेपालमा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

स्वास प्रश्वासमा समस्या भएर गत जेठ २ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भएका उनको आइसीयुमा राखेर उपचार गर्ने क्रममा जेठ ४ गते मृत्यु भएको थियो । उनमा कोरोना संक्रमणको आशंकमा नारायणी अस्पतालमा गरिएको परीक्षणमा संकास्पद देखिएपछि पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । हाल उनको सम्पर्कमा रहेका सबैको कन्ट्रयाक ट्रेसिङ गरेर परीक्षणको क्रम चलिरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

नेपालमा साढे ५४ हजार पिसीआर परीक्षण, कोरोना संक्रमित ७७२, आइसोलेशनमा ५२२ जना, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ जेठ १४ बुधवार १८:५५ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...