back

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

वि.सं.२०७७ जेठ १५ बिहीवार

54 

shares

१५ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण देखिएकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परक्षिणमा सप्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३२ र ४० वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परक्षिणमा २५ जनामा संक्रमण देखिएको छ । उनीहरु १६ देखि ४२ वर्षीय पुरुष रहेका छन् ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षीय युवामा संक्रमण भेटिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परक्षिणमा ७७ जना संक्रमति पुष्टि भएका छन् । उनीहरु धनुषाका २९ जना रहेका छन् । जसमा ४ वर्षीया बालिका ८ वर्षीय बालक, २५ पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको उमेर समुह १४ देखि ७० वर्ष रहेको छ ।

त्यसैगरी महोत्तरीका १७ जनामा संक्रमण देखिएको छ ।जसमा ४५ वर्षीय महिलासहित १५ देखि ४५ वर्षका १६ जना पुरुष रहेका छन् ।
रौतहटमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १२ देखि ३० वर्र्षीय पुरुष रहेका छन् ।

सप्तरीमा १२ जनामा संक्रमण भेटिएको छ । उनीहरु १८ देखि ४२ वर्षीय पुरुष रहेका छन् ।  सर्लाहीमा ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ३१ वर्षका पुरुष रहेका छन् । साथै सिराहाका १४ देखि ४० वर्षीय १४ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

दोलखामा पनि २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १९ र २० वर्षीय पुरुष रहेका छन् ।

सोलुखुम्बुमा पनि १ जना संक्रमित भेटिएका छन् । उनी २६ वर्षीय पुरुष रहेका छन् भने सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परक्षिणमा २३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा बझाङका ५५ वर्षीय पुरुष र सुर्खेतका १३ जना पुरुष रहेका छन् । उनीहरुमा २ जना २ र ५ वर्षे बालिका, ११ देखि ३७ वर्षका ७ जना पुरुष रहेका छन् भने २२ देखि ३९ वर्षका ४ महिला रहेका छन् । उनीहरुमा १ जना बोल्न नसक्ने महिला रहेको बताइएको छ ।

त्यसैगरी दैलेखका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा २० वर्षीया महिला र १७ देखि ४० वर्षका ७ पुरुष रहेका छन् ।
त्यसैगरी गण्डकी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा स्याङजाका ३ जना संक्रमित भेटिएका छन् । उनीहरुमा २२ र २६ वर्षीय पुरुष तथा ३९ वर्षीय महिला रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २६ वर्षीय पुरुष र कैलालीका २५ र ३० वर्षे पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा मकवानपुर हेटौडाका ५० वषीय पुरुष रहेका छन् ।
भेरी अस्पातालमा गरिएको परक्षिणमा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जसमा बर्दियाका ३ जना २९ देखि ३४ वर्षीय पुरुष र नेपालगन्ज बाँकेका २८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा ८ वर्षे बालकदेखि ४० वर्ष सम्मका पुरुष रहेका छन् ।

आज देखिएका १५६ जनासहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ । जसमा ९४० जना पुरुष र १०२ जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १५:११ मा प्रकाशित

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा सूचीमा

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा सूचीमा

काठमाडौैँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा...

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर...

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । मंसिर लागेयता लागातार बढेर दिनकै नयाँ रेकर्डको गरेका...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...