back
CTIZAN AD

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

वि.सं.२०७७ जेठ १५ बिहीवार

762 

shares

१५ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण देखिएकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परक्षिणमा सप्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३२ र ४० वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परक्षिणमा २५ जनामा संक्रमण देखिएको छ । उनीहरु १६ देखि ४२ वर्षीय पुरुष रहेका छन् ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षीय युवामा संक्रमण भेटिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परक्षिणमा ७७ जना संक्रमति पुष्टि भएका छन् । उनीहरु धनुषाका २९ जना रहेका छन् । जसमा ४ वर्षीया बालिका ८ वर्षीय बालक, २५ पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको उमेर समुह १४ देखि ७० वर्ष रहेको छ ।

त्यसैगरी महोत्तरीका १७ जनामा संक्रमण देखिएको छ ।जसमा ४५ वर्षीय महिलासहित १५ देखि ४५ वर्षका १६ जना पुरुष रहेका छन् ।
रौतहटमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १२ देखि ३० वर्र्षीय पुरुष रहेका छन् ।

सप्तरीमा १२ जनामा संक्रमण भेटिएको छ । उनीहरु १८ देखि ४२ वर्षीय पुरुष रहेका छन् ।  सर्लाहीमा ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ३१ वर्षका पुरुष रहेका छन् । साथै सिराहाका १४ देखि ४० वर्षीय १४ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

दोलखामा पनि २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १९ र २० वर्षीय पुरुष रहेका छन् ।

सोलुखुम्बुमा पनि १ जना संक्रमित भेटिएका छन् । उनी २६ वर्षीय पुरुष रहेका छन् भने सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परक्षिणमा २३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा बझाङका ५५ वर्षीय पुरुष र सुर्खेतका १३ जना पुरुष रहेका छन् । उनीहरुमा २ जना २ र ५ वर्षे बालिका, ११ देखि ३७ वर्षका ७ जना पुरुष रहेका छन् भने २२ देखि ३९ वर्षका ४ महिला रहेका छन् । उनीहरुमा १ जना बोल्न नसक्ने महिला रहेको बताइएको छ ।

त्यसैगरी दैलेखका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा २० वर्षीया महिला र १७ देखि ४० वर्षका ७ पुरुष रहेका छन् ।
त्यसैगरी गण्डकी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा स्याङजाका ३ जना संक्रमित भेटिएका छन् । उनीहरुमा २२ र २६ वर्षीय पुरुष तथा ३९ वर्षीय महिला रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २६ वर्षीय पुरुष र कैलालीका २५ र ३० वर्षे पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा मकवानपुर हेटौडाका ५० वषीय पुरुष रहेका छन् ।
भेरी अस्पातालमा गरिएको परक्षिणमा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जसमा बर्दियाका ३ जना २९ देखि ३४ वर्षीय पुरुष र नेपालगन्ज बाँकेका २८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा ८ वर्षे बालकदेखि ४० वर्ष सम्मका पुरुष रहेका छन् ।

आज देखिएका १५६ जनासहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ । जसमा ९४० जना पुरुष र १०२ जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १५:११ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...