Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

आज १७० जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,२१२ पुग्यो



१६ जेठ, काठमाण्डौं । नेपालमा आजमात्रै १७० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएकामा कोशी अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा पुष्टि भएको छ । उनीहरुमा झापा कचनकवलका २४ जना १८ देखि ४१ वर्षका पुरुष रहेका छन् भने, झापा तयारीभिट्टाका तीनजना २४ देखि ५४ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी राजविराजका ५ जना २० देखि २६ वर्षीय पुरुष र झापा भद्रपुरका ३४ वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु बारा पचौटा राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ४ जना २७ देखि ४५ वर्षीय पुरुष रहेका छन् । साथै पर्सा पोखरीयाका २१ देखि ४२ बर्षीय पुुरुष, जिरा भवानीका ३४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाही घर भई सोहि अस्पतालमा कार्यरत १ जना महिलामा पनि संक्रमण देखिएको छ ।

गण्डकी अस्पतालमा पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुष र भेरी अस्पताल दाङमा गरिएको परीक्षणमा बाँके डुडुवाका १० जनामा संक्रमण भेटिएको छ । उनीहरु १७ देखि ४१ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ । उनीहरु कपिलवस्तु नगरपालिका २३ देखि २६ वर्ष उमेरका ४ जना र नवलपरासी सुस्तापूर्व देवचुलीका १९ र २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तु यशोधरा कृष्णनगरमा रहेको भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु ७ वर्षका बालकसहित ५२ वर्ष उमेर समुहका रहेका छन् ।

त्यस्तै रौतहट राजपुर फरदवा जनतामावि डुमरियाका ५६ जना रहेका छन् । उनीहरुमा २ बालिका र ५४ जना पुरुष रहेका छन् । उनीहरुको उमेर समुह २२ देखि ७० वर्ष रहेको छ ।

सर्लाही मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा तीन पुरुष र १ महिला रहेका छन् भने उनीहरुको उमेर समुह १९ देखि ३० वर्ष रहेको छ ।

रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण भेटिएको छ । जसमा कपिलवस्तु गौतमबुद्ध माविको क्वारेन्टाइनमा रहेका १५ जना पुरुष रहेका छन् । उनीहरु १७ देखि ४४ वर्ष उमेरका रहेका छन् । साथै सैनामैनाका २७ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण भेटिएको छ । उनीहरु दाङ गढवाका २ जना २८ र ४१ वर्षीय पुरुष र कपिलवस्तु विजयनगरका ९ जना १७ देखि ५२ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा आज देखिएका १७० जनासँगै नेपालमा कूल संक्रमितको संख्या १,२१२ पुगेको छ । जसमा १,१०३ पुुरुष र १०९ जना महिला रहेका छन् ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब