back
CTIZAN AD

आज १७० जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,२१२ पुग्यो

वि.सं.२०७७ जेठ १६ शुक्रवार

900 

shares

१६ जेठ, काठमाण्डौं । नेपालमा आजमात्रै १७० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएकामा कोशी अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा पुष्टि भएको छ । उनीहरुमा झापा कचनकवलका २४ जना १८ देखि ४१ वर्षका पुरुष रहेका छन् भने, झापा तयारीभिट्टाका तीनजना २४ देखि ५४ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी राजविराजका ५ जना २० देखि २६ वर्षीय पुरुष र झापा भद्रपुरका ३४ वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु बारा पचौटा राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ४ जना २७ देखि ४५ वर्षीय पुरुष रहेका छन् । साथै पर्सा पोखरीयाका २१ देखि ४२ बर्षीय पुुरुष, जिरा भवानीका ३४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाही घर भई सोहि अस्पतालमा कार्यरत १ जना महिलामा पनि संक्रमण देखिएको छ ।

गण्डकी अस्पतालमा पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुष र भेरी अस्पताल दाङमा गरिएको परीक्षणमा बाँके डुडुवाका १० जनामा संक्रमण भेटिएको छ । उनीहरु १७ देखि ४१ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ । उनीहरु कपिलवस्तु नगरपालिका २३ देखि २६ वर्ष उमेरका ४ जना र नवलपरासी सुस्तापूर्व देवचुलीका १९ र २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तु यशोधरा कृष्णनगरमा रहेको भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु ७ वर्षका बालकसहित ५२ वर्ष उमेर समुहका रहेका छन् ।

त्यस्तै रौतहट राजपुर फरदवा जनतामावि डुमरियाका ५६ जना रहेका छन् । उनीहरुमा २ बालिका र ५४ जना पुरुष रहेका छन् । उनीहरुको उमेर समुह २२ देखि ७० वर्ष रहेको छ ।

सर्लाही मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा तीन पुरुष र १ महिला रहेका छन् भने उनीहरुको उमेर समुह १९ देखि ३० वर्ष रहेको छ ।

रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण भेटिएको छ । जसमा कपिलवस्तु गौतमबुद्ध माविको क्वारेन्टाइनमा रहेका १५ जना पुरुष रहेका छन् । उनीहरु १७ देखि ४४ वर्ष उमेरका रहेका छन् । साथै सैनामैनाका २७ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण भेटिएको छ । उनीहरु दाङ गढवाका २ जना २८ र ४१ वर्षीय पुरुष र कपिलवस्तु विजयनगरका ९ जना १७ देखि ५२ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा आज देखिएका १७० जनासँगै नेपालमा कूल संक्रमितको संख्या १,२१२ पुगेको छ । जसमा १,१०३ पुुरुष र १०९ जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार १७:२७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...