
१६ जेठ, काठमाण्डौं । नेपालमा आज १९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज निको भएर डिस्चार्ज हुनेमा टेकु अस्पतालमा उपचाररत २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बु युनिफाइड कोभिड १९ अस्पतालबाट २ जना, कोरोना विशेष अस्प्ताल बेलझण्डी दाङबाट ८ जना गरी जम्मा १९ जना आज कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
उनीहरुसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २०६ पुगेको छ ।जसमा १६२ पुरुष र ४४ जना महिला रहेका छन् ।
वि.सं.२०७७ जेठ १६ शुक्रवार १७:४४ मा प्रकाशित