back
CTIZAN AD

नेपालमा कोरोनाको कहरः क्वारेन्टाइनमा रहनेको संख्या झण्डै लाख पुग्यो

वि.सं.२०७७ जेठ १६ शुक्रवार

945 

shares

१६ जेठ, काठमाण्डौं । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या झण्डै १ लाख पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म ९९ हजार ३३६ जना क्वारेन्टाइनमा रहेका छन् । यो संख्या दिनहुँ बढिरहेको छ । यी मध्ये सबैजसो भारतबाट फर्किएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश नं १ मा २,७४७ प्रदेश नं २ मा १६,६७८ बाग्मती प्रदेशमा १,९५४ गण्डकी प्रदेशमा २,८१४, प्रदेश नं ५ मा ३२,३७३, कर्णाली प्रदेशमा ३२,३७३ र सुदूरपश्चिम प्रदेशमा २५,७६५ जना रहेको स्वास्थ्य मन्त्रालयले बुधबार (जेठ १६ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय क्वारेन्टाइनमा रहनेको संख्या बढ्दै गएकाले क्वारेन्टाइनमा रहनेहरुलाई थप व्यवस्थित बनाइनेछ । उनीहरुका लागि हेल्थ किट उपलब्ध गराइने पनि मन्त्रालयले जानकारी दिएको छ । जसमा मास्क, सेनिटाइजरलगायतका सामग्री रहेको किट स्वास्थ्य सेवा विभागद्धारा उपलब्ध गराइने पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतबाट जति पनि भित्रिएका छन् उनीहरुको स्वास्थ्य परीक्षण र सहजताका लागि कार्य गरिरहेको पनि जानकारी दिएको छ ।

मन्त्रालयले थप क्वारेन्टाइनको व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सबैले हातोमालो गरेर व्यवस्थापन गर्न जरुरी रहेको समेत बताइएको छ ।

खानपिन, सेक्युरेटी सरफाई लगायतमा सबैले ध्यान दिनुपर्ने र सबै क्षेत्रले सहकार्य गरेर अगाडि बढ्नुपर्ने समेत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अनुरोध गरेका छन् । उनले संक्रमितको संख्या बढ्दै जाँदा होम क्वारेन्टाइनमै रहनुपर्ने अवस्था रहेकाले त्यसको तयारीमा लाग्न पनि अनुरोध गरिएको छ । साथै कोरोना संक्रमितको उपचार र जाँचमा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार १९:३४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...