back
CTIZAN AD

बिदेशमा रहेका नेपाली फर्काइदै, यस्तो छ प्रक्रिया, भारतका लागि भने नाका नै तोकियो

वि.सं.२०७७ जेठ १६ शुक्रवार

867 

shares

१६ जेठ, काठमाडौं । सरकारले बिदेशमा रहेका नेपाली फर्काउने औपचारीक प्रक्रिया अघिबढाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकले बिदेशमा रहेका नेपाली फर्काउने औपचारीक प्रक्रिया अघि बढाएको हो ।

तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको बैठकमा सहभागी एक श्रोतले बताएको छ । जसअनुसार आममाफी पाएर पनि नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका, श्रमको करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अशक्त भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

त्यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुलाई भित्रयाउन आधिकारिक रुपमा इलामको पशुपतिनगर, काँकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलालगायतका नाकाहरु तोकीएको बताइएको छ ।

यसैगरी सरकारी सेवामा रहि तालिम वा अध्ययनका क्रममा बिदेश रहेका नेपालीले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनु पर्ने प्राबधान राखिएको छ ।

बिभिन्न देशबाट विवरण प्राप्त भएपछि नेपालवायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गरीने र सोको ब्यबस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने समेत बताइएको छ ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार २०:०१ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...