back
CTIZAN AD

आज शनिबार, यस्तो छ तपाईको आजको राशिफल, आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ जेठ १७ शनिवार

759 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर आउनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।

वृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ । मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । मिहिनेत गर्दा केही राम्रो परिणाम पनि प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको संकल्प पूरा गर्ने समय छ । काममा राम्रो सुरुवात हुनाले सोचेको नतिजा हातलागी हुनेछ । बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । तर, परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पनि काममा पछि परिएला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर कामको अवसर आए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर सानो कामलाई अत्यधिक खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ । आफन्त पनि टाढा हुनेछन् ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका स्रोत सबल देखिए पनि काममा खर्च बढ्नेछ । नपुग रकम कर्जामार्फत जुटाउनुपर्ला । श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। आँटेको काममा अरूको मुख ताक्नाले सोचेको प्रतिफल हातलागी नहुन सक्छ ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । अरूको उपकार गर्न सकिनेछ । तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ । बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा उपलब्धिका स्रोत पहिल्याउन सकिनेछ । चुनौती र व्यवधानहरू पार लाग्नेछन्। मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । सामाजिक काममा रुचि बढ्नेछ । शुभचिन्तकहरूले पनि राम्रै सहयोग जुटाउनेछन् । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइने समय छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुस्ख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । बिछोडिएका आफन्तजनसँग पुनः भेटघाट हुनेछ । व्यापारमा राम्रो फाइदा हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ । परिस्थिति र अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । खर्च लागे पनि भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ ।

वि.सं. २०७७ जेठ १७ शनिवार इ.स. २०२० मे ३०
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज (शुक्रबार)को राशिफल, आज कुन राशिकालाई छ त लाभ ?

वि.सं.२०७७ जेठ १७ शनिवार ०८:१६ मा प्रकाशित