१७ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
उनीहरुमा टेकु अस्पतालमा उपचाररत बुढानिलकण्ठका ३० वर्षीय पुरुष जो पाँचदिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् भने टोखा ७ का ४० वर्षीय पुरुष पनि पाँचौदिनमा डिस्चार्ज भएका हुन् ।
त्यसैगरी कोभिड-१९ युनिफाइड अस्पताल बलम्बुमा उपचाररत ११ जना पनि निको भएर घर फर्किएका छन् । उनीहरुमा ९ जना विभिन्न जिल्लामा घर भई हाल काठमाण्डौंमा रहेका हुन् । डिस्चार्ज हुनेमा ६ पुरुष र ३ महिला रहेका छन् । ७ देखि ४२ वर्ष उमेर समुहका उनीहरु १० देखि १५ दिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् ।
त्यसैगरी सोहि अस्पतालमा उपचाररत अछाम घर भई बाँकेमा बस्ने ३२ वर्षीय पुरुष १६ दिनमा र रुकुम घर भई ललितपुरमा बस्ने २६ वर्षे पुरुष ११ दिनमा डिस्र्चाज भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त भएका २१९ पुगेका छन् । जसमा १७२ पुरुष र ४७ जना महिला रहेका छन् ।
आज १९ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २०६ पुग्यो
वि.सं.२०७७ जेठ १७ शनिवार १७:३६ मा प्रकाशित






























