१९ जेठ, काठमाण्डौं । बाँकेमा मजदुर बोकेको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
भारतबाट मजदुरी गरेर फर्किएका मजदुर चढेको गाडी बाँकेको राप्ती सोनारी गाउँपालिका २ को ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
भारतमा मजदुरी गरेर फर्किएका उनीहरु नेपालगन्ज हुँदै सल्यान जान लागेका थिए ।
मजदुर बोकेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी राति झण्डै १२ बजे बाटोमा रोकिराखेको बा.४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्एिर दुर्घटना हुँदा ११ जनाको मृत्यु हुनुका साथै २१ जना घाईते भएका छन् । २१ मध्ये ३ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदय सापकोटाले संसारन्युजलाई जानकारी दिएका छन् ।
दुर्घटनामा घाईते भएकाहरुलाई भेरी अस्पतालमा राखेर उपचार गरिएको पनि इन्सपेक्टर सापकोटाले जानकारी दिए । मृत्यु भएकाहरुको हालसम्म सनाखत भएको छैन ।
वि.सं.२०७७ जेठ १९ सोमवार ०७:३६ मा प्रकाशित






























