back
CTIZAN AD

आज २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,७९८ पुग्यो

वि.सं.२०७७ जेठ १९ सोमवार

759 

shares

१९ जेठ, काठमाण्डौं । नेपालमा आज सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जना ३२ र ४६ वर्षे पुरुष, पोखरा अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्व कावासोतीका २२ र ३६ वर्षीय पुरुष, विना त्रिवेणीका १४ वर्षे बालक रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण भेटिएको छ । जसमा दैलेख नारायण नगरपालिकाका १७ र ३४ वर्षे पुरुष, सिमडाका २९ र ३४ वर्षे पुरुष, देवकाँडाका १८ देखि ३८ वर्षका ३ पुरुष, सोत र साधुका ३५ र २२ वर्षे पुरुष, जुकेपानीका ६० वर्षे पुरुष, दुल्लु नगरपालिकाका ७ जना जसमा २३ र ३० वर्षीया महिला, २ वर्षीय बालक र ३९ वर्षसम्मका पुरुष, जुम्ला हिमाका ८ जना २३ र ६३ वर्षीय पुरुष, सिंजाका १२ देखि ४५ वर्षका ९ जना पुरुष, जुम्लामै कार्यरत २७ र ३४ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल र पशुपंक्षी अन्वेषण प्रयोगशालामा गरिएको परीषणमा ३२ जनामा संक्रमण भेर्टिको छ । जसमा दैलेख नारायणका १० वर्षीय बालदेखि ३६ वर्र्ष उमेर समुहका १६ जना पुरुष, महावुका २५ वर्षीय पुरुष, सल्यान बनगार्ड कुपिण्डेका २० देखि ४० वर्षीय १० जना पुरुष, सुर्खेत बराहतालका २० देखि २६ वर्षीय ५ जना पुरुष रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनामा संक्रमण भेटिएको छ । जसमा कपिलवस्तु वाणगंगाका ३१ र ३८ वर्षीया महिला, रौतहट पर्रोहाका १९ देखि ४५ वर्षका १४ जना पुरुष, रौतहटकै यमुनामाई गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमा २० वर्षीया महिला र २२ देखि ३५ वर्षका ३ पुरुष रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा बाँके डुडुवाका १७ देखि ३५ वर्षीय पुरुष रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण भेटिएको छ । जसमा दाङ तुलसीपुर उपमहानगरपालिकाका १८ देखि ३२ वर्षीय ५ जना पुरुष, गढवा गाउँपालिकाका २४ र ३६ वर्षे २ जना पुरुष, लमहीका ४० वर्षीय पुरुष, राप्ती गाउँपालिकाका ३६ वर्षे पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण देखिएको छ । जसमा धनुषा धनौजीका १८ देखि ४८ वर्षका ४ पुरुष, हंसपुरका १९ र २० वर्षीय पुरुष, जनकपुर प्रादेशिक अस्पतालका २१ वर्षीय पुरुष, कपिलवस्तु शिवराजको क्वारेन्टाइनमा रहेका १९ देखि ५५ वर्षका १२ जना पुरुष, हरिहरपुरका १९ देखि ३८ वर्षीय ८ जना पुरुष, कपिलवस्तु महाराजगन्जका ३० र ३३ वर्षीय पुरुष, कपिलवस्तुकै रंगिलाल माविको क्वारेन्टाइनमा रहेका १७ देखि ३५ वर्षीय ११ जना पुरुष रहेका छन् ।

त्यस्तै चन्द्रौटाको राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ४२ देखि ४८ वर्षीय ३ पुरुष, रघु सामुदायिक अस्पतालका २७ र ४६ वर्षीय पुरुष, महोत्तरी लाहोरपट्टीको क्वारेन्टाइनमा रहेका १८ वर्षीय २ जना पुरुष, मकवानपुरका ६१ वर्षे पुरुष, सर्लाहीको जनतामावि क्वारेन्टाइनमा रहेका ९ वर्षीया बालिका र २७ वर्ष उमेर समुहका ४ महिला, सर्लाही जनतामावि क्वारेन्टाइनमा रहेका ११ वर्षीय वालकदेखि ७५ वर्ष उमेर समुहका ३३ जना पुरुष, सिराहाको मौरवैताको सुर्यनारायण, सत्यनारायण क्वारेन्टाइनमा रहेका १८ देखि ६० वर्षीय ५ पुरुष र उदयपुर घर भई जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुष रहेका छन् ।

सेती अस्पताल धनगढीमा १८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा अछामका १ वर्षे बालक र कैलालीका १४ जना रहेका छन् । जसमा २ वर्षीया बालिका र २८ वर्ष उमेर समुहका ३ महिला, ५ वर्षका बालक र २७ वर्ष उमेर समुहका पुरुष रहेका छन् । साथै बैतडीका ३४ वर्षे पुरुष, डोटीका २५ वर्षे पुरुष, कन्चनपुरका ११ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका २२६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १,७९८ पुगेको छ । जसमा १,६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ १९ सोमवार १७:३२ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...