back
CTIZAN AD

विनियोजन बिधेयक स्विकृत

वि.सं.२०७७ जेठ १९ सोमवार

696 

shares

१९ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैंठकले ‘विनियोजन विधेयक २०७७’ स्वीकृत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त बिधेयक संसदमा प्रस्तुत गरेका थिए । संसदमा प्रस्तुत सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

विधेयक स्वीकृत हुनु अघि विधेयकमाथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । छलफमा सांसदहरुले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताएका थिए ।

सांसदहरुले उठाएको जिज्ञासामा अर्थमन्त्री डा. खतिवडाले यसपालिको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको स्पष्ट परेका थिए । यसका साथै थप स्वास्थ्य सामग्री खरीदका लागि रु पाँच अर्ब निकासा गरिसकिएको पनि उनले सांसदहरुलाई जानकारी गराएइका थिए । अर्थमन्त्री डा. खतिवडाले सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न स्थापना गरेको राहत कोषमा रु दुई अर्ब ३१ करोड जम्मा भइसकेको जानकारी दिए । उनका अनुसार, कोरोनाकोष र विपद् व्यवस्थापन कोषबाट पनि केही रकम परिचालन गर्न सकिने अवस्था रहेको छ ।

सो रकम सबै स्वास्थ्यका सामान खरीद र ल्याब टेष्टको सामग्र्रीमा खर्च गरिने उनको भनाई छ ।

“सरकारको प्राथमिकतामा रोग नियन्त्रणमा नै छ, रकम अभाव हुन दिइने छैन ।” खतिवडाले भने ।

उनले सांसदलाई तथ्य सहितको आलोचना गर्नसमेत आग्रह गरेका छन। तथ्यहिनआरोपले प्रोत्साहन नहुने उनको भनाई छ ।

वि.सं.२०७७ जेठ १९ सोमवार १८:५० मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...