back
CTIZAN AD

नेपालमा कोरोना कहरः क्वारेन्टाइनमा रहनेको संख्या मात्रै १ लाख ३३ हजार बढी

वि.सं.२०७७ जेठ १९ सोमवार

723 

shares

१९ जेठ, काठमाण्डौं । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । आइतबारको तुलनामा सोमबार क्वारेन्टाइनमा झण्डै १४ हजार थपिएका हुन् ।

हालसम्म देशैभरीका विभिन्न क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ पुगेको छ ।

पछिल्लोपटक देशैभरीका क्वारेन्टाइनमा रहनेको संख्या थपिएसँगै उनीहरुको व्यवस्थापनमा स्थानीय निकायलाई चुनौति देखिएको छ । कतिपय स्थानिय निकायमा पिउने पानी, शौचालय, सुरक्षा लगायतका व्यवस्था नभएको गुनासो गर्दै क्वारेन्टाइनमा रहनेहरु भागेको समाचार पनि आइरहेका छन् । साथै हालसम्म मृत्यु भएका ८ जनामा ३ जना बाहेक अन्य ५ जनामा १ जनाको बाटोमै र ४ जनाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको हो । यस्तो अवस्थामा खाडीमुलुक लगायतका देशबाट नेपाल फर्कनहरुका लागि क्वारेन्टाइन व्यवस्थापनमा सरकारलाई हम्मे–हम्मे पर्ने कुरा पनि उठिरहेका छन् भने, स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक कोरोनाका लक्षण देखिएपनि स्वास्थ्यमा गम्भीर समस्या नभएकाहरुलाई घरमै सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आउने सक्ने भन्दै स्थानीय निकायलाई सजग गराउँदै आएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेहरुमा झण्डै ८० प्रतिशत भारतबाट फर्किएकाहरु रहेका छन् भने २० प्रतिशत एक जिल्लाबाट अर्को जिल्लामा जानेहरु रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको सोमबारको विवरण अनुसार हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख ३३ हजार ९७५ जना रहेका छन् ।
जसमा प्रदेश नं १ मा ३ हजार ९७७, प्रदेश नं २ मा २१ हजार ९३२ बाग्मती प्रदेशमा २ हजार ६५४ गण्डकी प्रदेशमा ३ हजार ९३७, प्रदेश नं ५ मा ३८ हजार २३०, कर्णाली प्रदेशमा २२ हजार ४७४ र सुदूरपश्चिम प्रदेशमा ४० हजार ७७१ जना रहेको स्वास्थ्य मन्त्रालयले सोमबार (जेठ १९ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

वि.सं.२०७७ जेठ १९ सोमवार १९:०३ मा प्रकाशित

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...