back
CTIZAN AD

काठमाण्डौं र भक्तपुरका ५ जनासहित आज ३२३ जना कोरोनाका नयाँ संक्रमित भेटिए, हेर्नुहोस् यस्तो छ विवरण

वि.सं.२०७७ जेठ २४ शनिवार

825 

shares

२४ जेठ, काठमाण्डौं । नेपालमा आज एकैदिन ३२३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार आज संक्रमित हुनेमा विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पृष्टि भएको छ । उनीहरुमा मोरङ सुनवर्सी र बुद्धिगंगा गाउँपालिकाका १८ देखि २३ वर्षीय पुरुष र भोक्राहाका २४ र ३५ वर्षीया महिला तथा ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै कोशी प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरी बोडे बसाईका ५० वर्षीय पुरुषमा संक्रमण भेटिएको छ ।
भरतपुर राष्ट्रिय पंक्षी अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी विनय त्रिवेणी गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखि २७ वर्षीय ३ पुरुष रहेका छन् ।

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु बाँके नेपालगन्ज, बैजनाथ र खजुराका १२ जना रहेका छन् । जसमा २३ र ४१ वर्षीया २ महिला, ४ वर्षे बालक सहित ३८ वर्ष उमेर समुहका जना पुरुष रहेका छन् ।

त्यस्तै बर्दिया राजापुर, मधुवन, गुलरिया, बडैया ताल र वासगढका २८ जना रहेका छन् । उनीहरुमा १५ वर्षीया एक महिला र १५ देखि ६० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कास्की रुपा ५ र ७ घर भई पोखरा २७ को क्वारेन्टाइनमा रहेका का २३ देखि ५९ वर्षीय ३ पुरुष, स्याङजा वालिङ नगरपालिका र हरिनाश गाउँपालिकाका क्वारेन्टाइनमा रहेका १६ देखि ५४ वर्षीय १० जना र बाग्लुङ ताराखोलाको क्वारेन्टाइनमा रहेका ३९ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा सुनसरी धरानका ३० वर्षे पुरुष, सप्तरी बालनबेहुलका २ वर्षीया १ बालिका, २७ वर्षीया १ महिला, २ वर्षीय बालक र ४० वर्ष उमेर समुहका ५ जना पुरुष रहेका छन् ।

सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा बझाङ खप्तड छान्नाको क्वारेन्टाइनमा रहेका ४० वर्षका २ महिला र २५ देखि ७० वर्षीय ४ पुरुष गरी ६ जना रहेका छन् । साथै कन्चनपुर महाकालीका ३८ वर्षे पुरुष, कन्चनपुरमै रहेका काठमाण्डौंका १८ र ३८ वर्षीय पुरुष, अछाम मंगलसेनको क्वारेन्टाइनमा रहेका ५२ वर्षीया महिला, कैलाली धनगढीको गोदावरी क्वारेन्टाइनमा रहेका ४१ र ५५ वर्षीय २ पुरुष र डडेल्धुरा नवदुर्गा क्वारेन्टाइनमा रहेका २१ वर्षीया महिला रहेकी छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेख महावुका मात्रै ४३ जना रहेका छन् । जसमा एक १८ महिने बालिका १९ देखि ६० वर्ष उमेर समुहका १० जना महिला, ५ महिने बालक र ४९ वर्ष उमेर समुहका ३३ जना पुरुष रहेका छन् । साथै डोल्पा जगदुल्लाका ५८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल पुशपंक्षी रोग अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेख दुल्लुका १७ देखि ३९ वर्ष उमेर समुहका ४ पुरुष, सुर्खेत पंचपुरी नगरपालिका, दुर्गाकोट र भेरीगंगाका १७ देखि ५१ वर्षीय १० जना पुरुष रहेका छन् ।

त्यस्तै जाजरकोट भेरी नगरपालिका र बारकोट गाउँपालिकाका ३३ वर्षीया महिला र १९ देखि ५२ वर्षीय ३ जना पुरुष गरी जम्मा ४ जना, सल्यान बनगार्ड कुपिण्डेका ३८ जना रहेका छन् । जसमा २१ वर्षका २ महिला र १४ देखि ५७ वर्ष उमेर समुहका ३६ जना पुरुष रहेका छन् ।

त्यसैगरी रुपन्देही प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा अर्घाखाँचीका ५० वर्षीय पुरुष, कपिलवस्तु विजयनगरको क्वारेन्टाइनमा रहेका ११ जनामा १९ देखि ५० वर्षीय पुरुष रहेका छन् । साथै नवलपरासी सुस्ताको क्वारेन्टाइनमा रहेका २ जना २५ वर्षीय पुरुष र रुपन्देहीको रोहिणी र सुद्धोदन गाउँपालिकाका १९ देखि ३८ वर्षीय ५ जना पुरुष रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा भक्तपुर कमल विनायककी ३१ वर्षीया महिला, धनुषा देउपुरा क्वारेन्टाइनमा रहेका ८ जना १९ र ३४ वर्षे पुरुष, कपिलवस्तु महाराजगन्जका ३९ जना रहेका छन् । उनीहरुमा एक ६ महिने बालिकासहित ५५ वर्षीय उमेर समुहका ६ महिला, ४ वर्षे बालकसहित ५३ वर्ष उमेर समुहका ३१ जना पुरुष रहेका छन् ।

त्यस्तै काठमाण्डौं महानगरका ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरुष, महोत्तरी गौशाला जलेश्वर मटिहानी र सोनामाको क्वारेन्टाइनमा रहेका ३५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा २२ वर्षीया एक महिला, ११ वर्षीय एक बालक र ५२ वर्ष उमेर समुहका ३४ जना पुरुष रहेका छन् ।

रौतहट इशनाथका २ महिला र ४ पुरुष गरी ६ जना तथा सर्लाही रामनगर र इश्वरपुरका १६ देखि ३८ वर्ष उमेर समुहका २७ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका ३२३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३,२३५ पुगेको छ । जसमा ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ २४ शनिवार १७:५७ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...