२४ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनालाई जितेर घर फर्कनेमा जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत १५ जना रहेका छन् । धनुषा, सर्लाही, झापा र महोत्तरीका उनीहरु १ महिला सहित १८ देखि ४५ वर्ष उमेर समुहका १४ जना पुरुष रहेका छन् । उनीहरु १२ देखि १७ दिनको उपचारपछि डिस्चार्ज भएका हुन् ।
त्यसैगरी सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेमा उपचार गराइरहेका गुल्मीका २३ र ३५ वर्षीया २ महिला र २ पुरुष गरी ४ जना डिस्चार्ज भएका छन् । उनीहरु १५ देखि १७ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना पनि निको भएर घर फर्किएका छन् । बैतडी र अछामका उनीहरु ११ देखि ३८ वर्ष उमेर समुहका छन् । जसमा १ महिला र ५ पुरुष रहेका छन् । उनीहरु ११ देखि १४ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।
त्यसैगरी सुर्खेत अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सुर्खेतका १६ देखि ३६ वर्ष उमेरका ६ जना पुरुष र मुगुकी ३५ वर्षीया महिला रहेका छन् ।
आज डिस्चार्ज भएका ३२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३६५ पुगेको छ । उनीहरुमा २९९ जना पुरुष र ६६ जना महिला रहेका छन् ।
आज एकैदिन ४३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३३३ पुग्यो
वि.सं.२०७७ जेठ २४ शनिवार १८:३४ मा प्रकाशित






























