back
CTIZAN AD

कोरोना संक्रमणबाट नेपालमा आज २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो

वि.सं.२०७७ जेठ २४ शनिवार

921 

shares

२४ जेठ, काठमाण्डौं । नेपालमा आज २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पुष्टि भएकामा डोल्पा र धनगढीका २ जना रहेका छन् ।

सेति प्रादेशिक अस्पतालमा किड्नीको डाइलोसिस गराउन आएकी धनगढी ४ की ५५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।

जेठ २३ गते सेति अस्पतालमा डाइलोसिसका लागि आएकी उनको शुक्रबारै दिउसो १२ बजे डाइलोसिसको क्रममै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणको कुनैपनि लक्षण नदेखिएको उनको अस्पतालको प्रयोगशालामै गरिएको पिसीआर परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

त्यस्तै डोल्पाको जगदुल्लाका ५८ वर्षीय पुरुषको पनि जेठ २१ गते रातको २ बजे मृत्यु भएको छ । उनी सुर्खेतबाट जेठ १६ गते डोल्पा गएका थिए । १८ गते डोल्पाको क्वारेन्टाइनमा बसेका उनको २१ गते मृत्यु भएको हो । उनमा दमको समस्या भएको बताइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनको श्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट उनको मृत्यु भएसँगै उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली डोल्पा जान लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

जेठ २१ र २३ गते धनगढी र डोल्पाका २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

file photo

वि.सं.२०७७ जेठ २४ शनिवार १८:५६ मा प्रकाशित

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ’एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ’एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...