२४ जेठ, काठमाडौँ । सामाजिक संजाल इन्स्टाग्रामबाट सबैभन्दा बढि पैसा कमाउने १० खेलाडीको सुचिमा भारतीय किकेट टिमका कप्तान विराट कोहली पनि पर्न सफल भएका छन ।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली यस सुचिको छैठौं स्थानमा रहेका छन । विराट कोहलीले लकडाउनको अवधिका ३ पोस्ट प्रायोजित पोस्ट गरेका छन जसबाट उनले ३.६ करोड कमाएका छन । विराट कोहलीले एक प्रायोजित पोस्ट गरेबापत करिब १. २ करोड कमाउने गर्दछन ।
बजबिंगो नामक वेबसाइटले सार्वजानिक गरेको डाटा अनुसार यस सुचिको पहिलो स्थानमा जुभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन । क्रिस्टियानो रोनाल्डोले लकडाउनको अवधिमा ४ प्रायोजित पोस्ट गरेबापत १८ करोडको कमाइ गरेका छन ।
यस सुचिको दोस्रो स्थानमा बार्सिलोना खेलाडी लियोनल मेस्सी रहेका छन । उनले आफुले गरेको ४ पोस्टबाट १२.३ करोडको कमाइ गरेका छन ।
तेस्रो स्थानमा रहेका नेमारले गरेको ४ पोस्टबाट ११.४ करोडको कमाइ गरेका छन भने चौथो स्थनमा रहेका शकील ओ निलले १६ पोस्टबाट ५.५ करोड र पाँचौ स्थानमा रहेका डेविड बेमामले ३ पोस्टबाट ३.८ करोडको कमाइ गरेका छन ।
वि.सं.२०७७ जेठ २५ आइतवार ०९:०९ मा प्रकाशित






























