२५ जेठ, काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
हिजो मात्र १० हजार भन्दा बढि नयाँ कोरोना भाइरसका संक्रमितहरु थपिएका छन । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ भने संक्रमणबाट ६ हजार ९ सय ४६ को मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ३८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय ९७ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ६९ लाख ७६ हजार ४५ पुगेको छ भने ४ लाख २ हजार १ सय ७० जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।