back
CTIZAN AD

आर्मेनियाका प्रधानमन्त्री कोरोनाभाइरसमुक्त, कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सुरक्षा प्रमुखहरु बर्खास्त

वि.सं.२०७७ जेठ २८ बुधवार

1.1K 

shares

२८ जेठ, काठमाडौँ । कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएको छन । एक साताअघि प्रधानमन्त्री पाशिनयान र उहाँको परिवारका सदस्यहरुमा कोविड–१९ पोजेटिभ देखिएको थियो ।

फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री पाशिनयानले आफू र परिवारका सबै सदस्यको कोविड–१९ को पछिल्लो परीक्षणमा नेगेटिभ देखिएको बताएका छन ।

आर्मेनियामा १३ हजार ६ सय ७५ जना कोरोनाभाइरसका संक्रमितहरु देखिएका छन भने २ सय १७ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

कोविड–१९ महामारी फैलिएसँगै आर्मेनिया सरकारले जारी गरेको आपतकालीन स्थिति आगामी जुन १३ तारिखसम्म रहने छ ।

यसैबीच, प्रधानमन्त्री पाशिनयानले मुलुकका तीनै सुरक्षा प्रमुखहरुलाई कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै पदबाट बर्खास्त गरेका छन ।

बर्खास्तमा परेकाहरुमा सेना, प्रहरी र राष्ट्रिय सुरक्षा सेवाका प्रमुखहरु रहेका छन् । तर प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुबाट के गल्ती भएको थियो भन्ने बारेमा केही बताउएका छैनन् ।

स्थानीय अखबारले सेना प्रमुख आर्तक डाभत्यानले कोरोना संक्रमणकै अवस्थामा आइतबार छोराको विवाह भोज गरेलगत्तै प्रधानमन्त्रीले सेना प्रमुखलाई बर्खास्त गरेका हुन भनेर लेखेको छ ।

वि.सं.२०७७ जेठ २८ बुधवार ०९:३१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...