back

आर्मेनियाका प्रधानमन्त्री कोरोनाभाइरसमुक्त, कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सुरक्षा प्रमुखहरु बर्खास्त

वि.सं.२०७७ जेठ २८ बुधवार

246 

shares
NTC AD
Global IME AD

२८ जेठ, काठमाडौँ । कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएको छन । एक साताअघि प्रधानमन्त्री पाशिनयान र उहाँको परिवारका सदस्यहरुमा कोविड–१९ पोजेटिभ देखिएको थियो ।

फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री पाशिनयानले आफू र परिवारका सबै सदस्यको कोविड–१९ को पछिल्लो परीक्षणमा नेगेटिभ देखिएको बताएका छन ।

आर्मेनियामा १३ हजार ६ सय ७५ जना कोरोनाभाइरसका संक्रमितहरु देखिएका छन भने २ सय १७ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

कोविड–१९ महामारी फैलिएसँगै आर्मेनिया सरकारले जारी गरेको आपतकालीन स्थिति आगामी जुन १३ तारिखसम्म रहने छ ।

यसैबीच, प्रधानमन्त्री पाशिनयानले मुलुकका तीनै सुरक्षा प्रमुखहरुलाई कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै पदबाट बर्खास्त गरेका छन ।

बर्खास्तमा परेकाहरुमा सेना, प्रहरी र राष्ट्रिय सुरक्षा सेवाका प्रमुखहरु रहेका छन् । तर प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुबाट के गल्ती भएको थियो भन्ने बारेमा केही बताउएका छैनन् ।

स्थानीय अखबारले सेना प्रमुख आर्तक डाभत्यानले कोरोना संक्रमणकै अवस्थामा आइतबार छोराको विवाह भोज गरेलगत्तै प्रधानमन्त्रीले सेना प्रमुखलाई बर्खास्त गरेका हुन भनेर लेखेको छ ।

वि.सं.२०७७ जेठ २८ बुधवार ०९:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...