back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति मकाउको सातौं वार्षिकोत्सव सम्पन्न

वि.सं.२०७७ असार १ सोमवार

1.5K 

shares

१ असार, मकाउ । नेपाली जनसम्पर्क समिति मकाउको सातौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

मेट्रोपोल होटेल मकाउस्थित सभाहलमा कार्यवाहक सभापति चण्डी योङयाको सभापतित्व, नेपाली सहयोगी हातहरुको निर्देशक उदय वाग्लेको प्रमुख आतिथ्यता र नेपाली जनसम्पर्क समिती मकाउका संरक्षक सुदर्शन थापा मगरको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङ, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शिव थापा, अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजून कुमार अधिकारी, मगर संघ मकाउका उपाध्यक्ष हिरा थापा, तमु समाज मकाउका सचिव राजेश गुरुङ र तामाङ घेदुङ संघ मकाउका उपाध्यक्ष कुल बहादुर तामाङको आतिथ्यता रहेको छ ।

प्रमुख अतिथी उदय वाग्ले र समितिका कार्यवाहक सभापति चण्डी योङयाद्धारा संयुक्तरुपमा पानसमा बत्तिबाली शुभारम्भ गरिएको उक्त कार्यक्रममा ज्ञात–अज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।

समितिकी उपसभापति निर्मला थापा मगरको कार्यक्रम सन्चालन र समितिका सहसचिव नबराज पराजुलीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा मकाउमा रहेर विभिन्न पेशा वा व्यवसायमा व्यस्त रहँदा रहँदै पनि लोकतन्त्रको संरक्षण र विकासका लागि अनवरतरुपमा सक्रिय रहेका नेपाली दाजुभाई तथा दिदीबहीनीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा बिभिन्न बक्ताहरुले जनसम्पर्क समिति मकाउलाई सातौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै जुनसुकै राजनीतिक दल वा संस्थाको भएपनि विदेशमा रहेर आपत–विपतमा परेका नेपालीहरुलाई भैपरी आउने अत्यावश्यक सहयोग,संस्था सञ्चालनदेखि राष्ट्र र राष्ट्रिय अखण्डताका बिषयमा सबै एकढिक्का हुनुको विकल्प नभएको समेत बताएका थिए ।

 

उक्त अवसरमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, प्रमुख सचेतक बालकृष्ण खाँड, नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई, पूर्वउपप्रधान तथा परारष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला, नेविसंघका अध्यक्ष राजिव ढुंगाना, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी लगायतले सातौं वार्षिकोत्सव सफलताको शुभकामना मन्तव्य सहित पठाएको पत्र पढेर सुनाइएको थियो ।

स्थानिय समयअनुसार करिब साँझ ६ः१५ बजे शुरु भएको कार्यक्रम १० बजे समापन भएको थियो भने सम्पूर्ण सहभागी दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन सभापतिले कार्यक्रमको समापन गरेका थिए ।

 

वि.सं.२०७७ असार १ सोमवार ०९:१० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...