
१ असार काठमाडौं । अबदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू हुने भएको छ । गत बुधबार बसेको मन्त्री परिषद् बैठक मार्फत सरकारले निजी सवारी साधनलाई निस्चित मापदण्ड सहित जोर विजोर प्रणाली लागू गरेर सन्चालन गर्न दिने निर्णय गरेको थियो । तर यो निर्णय २ पाङ्ग्रे सवारी साधनको हकमा लागू हुनेकी नहुने प्रस्ट थिएन । अब भने सबै खाले सवारी साधनमा जोर बिजोर प्रणली लागू गर्न निर्देशन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कस्ता सवारीमा जोर विजोर प्रणाली लागू हुने भन्ने प्रस्ट नहुँदा आईतबारसम्म २ पाङ्ग्रै सवारी साधनहरु निर्बाध सन्चालनमा आएका थिए । अब भने पास भएका बाहेक सबै खाले सवारी साधनमा जोरबिजोर प्रणली लागू भएको छ ।