back
CTIZAN AD

बालविवाह आरोपमा बेहुलासहित तीन पक्राउ

वि.सं.२०७७ असार २ मंगलवार

831 

shares

२ असार, ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो । उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन् ।

पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेका छन् । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएका थिए । पक्राउ परेका उनीहरुलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७७ असार २ मंगलवार १५:३६ मा प्रकाशित

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...