back
CTIZAN AD

स्वास्थ्यकर्मी नै कोरोनाबाट सङ्क्रमित भएपछि वडा र स्वास्थ्य कार्यालय बन्द

वि.सं.२०७७ असार २ मंगलवार

804 

shares

२ असार, नारायणपुर । घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ । स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३ नं वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । त्यस्तै वडा नं ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए ।

त्यसैगरी वडा नं २ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ । बुधबारदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का सङ्क्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए । घोराही –१७ का १७ र घोराही– १८ का दुई जना रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ । रासस

वि.सं.२०७७ असार २ मंगलवार १५:५० मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...