back
CTIZAN AD

जुम र टिकटकसहितका चिनियाँ एपमा प्रतिबन्ध लगाउन सुरक्षा एजेन्सीको प्रस्ताव

वि.सं.२०७७ असार ५ शुक्रवार

729 

shares

काठमाडौं । भारत र चीनबीच सीमा विवाद जारी छ । दुवै देशबीचको विवाद चरमतातिर पुगेको छ ।

यस्तोमा भारतीय सुरक्षा एजेन्सीले सुरक्षा खतरा देखाउँदै केहि चिनियाँ एपहरु प्रयोग गर्न बन्द गर्ने तयारी गरेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुरक्षा एजेन्सीले ५२ एप प्रयोगमा प्रतिबन्ध लगाउन सरकारलाई अपिल गरेको छ ।

सुरक्षा एजेन्सीले चिनियाँ सरकारले एपको प्रयोग गरि महत्वपूर्णं तथ्यांकहरु लगेको बताएको छ । सुरक्षा एजेन्सीले सरकारलाई बुझाएको रिपोर्टमा भिडियो कन्फ्रेसिङ्ग एप जुम, टिकटक, यूसी ब्राउजर, शेयर इट, क्लीन मास्टर लगायतका एपलाई तत्काल बन्द गर्नुपर्ने बताएको छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुरक्षा एजेन्सले चिनियाँ एप बन्द गर्न गरेको प्रस्ताव भारतको राष्ट्रिय सुरक्षा काउन्सीलले पनि समर्थन गरेको छ । काउन्सीलले पनि चिनियाँ एप भारतको सुरक्षामा खतरा पर्ने जनाएको छ ।

जनाइएअनुसार सुरक्षा एजेन्सीले गरेको प्रस्तावमाथि भारतको छिट्टै निर्णय गर्नेछ । यसअघि भारतको गृह मन्त्रालयले जूम सफ्टवेयर प्रयोगका विषयमा नियम नै बनाएको थियो ।

यी हुन् प्रतिबन्ध लगाउन प्रस्तावित ५२ एप

TikTok, Vault-Hide, Vigo Video, Bigo Live, Weibo WeChat, SHAREit, UC News, UC Browser BeautyPlus, Xender, ClubFactory, Helo, LIKE, Kwai, ROMWE, SHEIN, NewsDog, Photo Wonder APUS Browser, VivaVideo- QU Video Inc Perfect Corp, CM Browser, Virus Cleaner (Hi Security Lab) Mi Community, DU recorder, YouCam Makeup, Mi Store, 360 Security, DU Battery Saver, DU Browser, DU Cleaner, DU Privacy, Clean Master – Cheetah, CacheClear DU apps studio, Baidu Translate, Baidu Map, Wonder Camera, ES File Explorer, QQ International, QQ Launcher, QQ Security Centre, QQ Player, QQ Music, QQ Mail, QQ NewsFeed, WeSync, SelfieCity, Clash of Kings, Mail Master, Mi Video call-Xiaomi, Parallel Space एजेन्सीबाट

वि.सं.२०७७ असार ५ शुक्रवार १५:५१ मा प्रकाशित

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

काठमाडौँ । यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको...

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८...

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको...

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र...

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका नेताहरुले सुकुमबासी बस्ती...