back
CTIZAN AD

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

वि.सं.२०७७ असार ५ शुक्रवार

747 

shares

५ असार, काठमाडौँ । नाइजेरियामा बलात्कार तथा लैङ्गीक हिंसा विरुद्धको राष्ट्रिय अभियान शुरु गर्न लागिएको छ । सूचना तथा संस्कृति मन्त्री लाइ मोहम्मदले बिहीबार देशव्यापी अभियानको शुरुवात गर्न लागिएको जानकारी दिएका हुन ।

कोरोनाभाइरसका कारण उत्पन्न महामारीकै बेलामा पनि बलात्कार र लैङ्गीक हिंसा सम्वन्धी धेरै घटनाहरु भएकाले अभियान शुरु गर्नु परेको उनको भनाई छ । यस्ता घटनाहरुलाई नियन्त्रण तथा न्युनिकरणका लागि धेरै क्रियाकलापहरु गर्ने सरकारले तयारी गरेको मन्त्री मोहम्मदले बताए ।

महामारी चलिरहेको यस अवस्थामा जनवरीदेखि मे महिनासम्मको अवधिमा ७१७ ओटा बलात्कारका घटना दर्ता भएको उनले जानकारी दिए । नाइजेरियाका प्रहरी प्रमुख मोहम्मद अडामुले पनि ७१७ ओटा बलात्कारका घटनामा संलग्न भएको आरोपमा ९७७ जनालाई पक्राउ गरिएको गत सोमबार नै सार्वजनिक गरेका थिए ।

सूचना मन्त्रीले भने अहिले शुरु गर्न लागिएको अभियान अन्तर्गत विषेश गरी हिंसा तथा बलात्कारजन्य घटना हुन नदिनका लागि चेतनामुलक कार्यक्रमहरु बढी गरिने जानकारी दिएका छन। “अहिलेसम्मको विवरण हेर्दा प्रत्येक महिना औसतमा १४३ ओटा र दैनिक ५ ओटा यस्ता घटना हुने गरेको पाइएको छ, हामीले यसैका बारेमा छलफल गरिरहेका छौँ,” मोहम्मद अडामु ।

वि.सं.२०७७ असार ५ शुक्रवार १५:४८ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...