back
CTIZAN AD

गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु दुई गम्भिर घाइते

वि.सं.२०७७ असार ६ शनिवार

726 

shares

६ असार, गुल्मी । गुल्मीको हाडहाडेंको सुना ओडार नजिकै आज दिउँसो करिव १.३० बजेको समयमा लु.१. ग ३९९७ नम्बरको एक सवारी जिप दुर्घटना भएको छ ।

धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेको घोँसबाट निन्यूखर्क हुँदै साविक वडा नं ६ मल्ज्याङ्ग जाने क्रममा ६ जना सबार जिप दुर्घटना भएको थियो । हिलोमाटोमा फसेको बेला माथिबाट पहिरो आएर गाडीलाई पुरेको हाडहाडेका वडा अध्यक्ष विष्णु बहादुर थापा श्रीसले जानकारी दिए ।

पुर्कोट दहप्रहरी चौकीका इन्सपेक्टर पंकज दुँदालीका अनुसार स्थानीय अन्दाजी वर्ष १८ का तुल्शिराम काउछाको घटनास्थलमै मृत्यू भएको छ । जिपका ड्राइभर अन्दाजी २० वर्षका प्रदिप पुन र वर्ष १८ का रमेश राना गम्भिर घाइते छन् ।

अन्य तिन जना सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ । उद्धारका लागि धुर्कोट र पुर्कोटबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना स्थलमा सम्वन्धित वडाका जनप्रतिनिधि र स्थानीय बासिन्दा खटिरहेका छन् ।

वि.सं.२०७७ असार ६ शनिवार १८:२८ मा प्रकाशित

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा...

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...