
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–चीन विवाद सुल्झाउन आफुँले भूमिका खेल्न सक्ने बताएका छन् । शनिबार ह्वाइट हाउसमा बोल्दै उनले भारत–चीन द्वन्द्वले गम्भीर रुप लिन सक्ने बताए । उनले दुई देशबीचको द्वन्द्व सुल्झाउन आफुँले नियमित कोशिस गरिरहेको पनि बताए ।
ह्वाइट हाउस सञ्चारमाध्यमसँग ट्रम्पले भने, “अत्यन्तै असहज परिस्थिति पैदा भएको छ । दुवै देश गम्भीर समस्याबाट गुर्जीरहेका छन् । हामी भारत र चीनसँग कुराकानी गरिरहेका छौं । हेरौं के हुन्छ । हाम्रो प्रयोग छिटोभन्दा छिटो समस्या सुल्झाउने हुनेछ ।”
अत्यन्तै असहज परिस्थिति पैदा भएको छ । दुवै देश गम्भीर समस्याबाट गुर्जीरहेका छन् । हामी भारत र चीनसँग कुराकानी गरिरहेका छौं । हेरौं के हुन्छ । हाम्रो प्रयोग छिटोभन्दा छिटो समस्या सुल्झाउने हुनेछ ।
गत जुन १५ को राती लद्दाखको गलवान घाटीमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । झडपमा भारतीय सेनाका एक अफिसरसहित २० जवानको मृत्यु भएको थियो । भारतीय पक्षले दाबी गरेअनुसार झडपमा परि चिनियाँ सेनाका पनि दर्जनौं सैन्यको ज्यान गएको थियो । घटनासँगै दुवै देशबीच तनाव बढेको छ ।
ट्रम्पले यसअघि पनि मध्यस्थताको प्रस्ताव गरेका थिए
ट्रम्पले पछिल्लो महिना पनि भारत र चीनबीचको विवादमा मध्यस्थता गर्ने चाहना राखेका थिए । उनले भारत र चीन तयार भएमा अमेरिकाले सीमा विवाद सुल्झाउन मध्यस्थता गर्ने बताएका थिए ।
ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुराकारी गर्दै सीमा विवाद छिटोभन्दा छिटो सुल्झाउन आग्रह गरेका थिए । तर भारत र चीनले भने ट्रम्पको प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् ।