back
CTIZAN AD

भारत–चीन विवादमा ट्रम्पको मध्यस्थता बन्ने प्रस्ताव : हामी द्वन्द्व सुल्झाउन भूमीका खेल्न सक्छौं

वि.सं.२०७७ असार ७ आइतवार

720 

shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–चीन विवाद सुल्झाउन आफुँले भूमिका खेल्न सक्ने बताएका छन् । शनिबार ह्वाइट हाउसमा बोल्दै उनले भारत–चीन द्वन्द्वले गम्भीर रुप लिन सक्ने बताए । उनले दुई देशबीचको द्वन्द्व सुल्झाउन आफुँले नियमित कोशिस गरिरहेको पनि बताए ।

ह्वाइट हाउस सञ्चारमाध्यमसँग ट्रम्पले भने, “अत्यन्तै असहज परिस्थिति पैदा भएको छ । दुवै देश गम्भीर समस्याबाट गुर्जीरहेका छन् । हामी भारत र चीनसँग कुराकानी गरिरहेका छौं । हेरौं के हुन्छ । हाम्रो प्रयोग छिटोभन्दा छिटो समस्या सुल्झाउने हुनेछ ।”

अत्यन्तै असहज परिस्थिति पैदा भएको छ । दुवै देश गम्भीर समस्याबाट गुर्जीरहेका छन् । हामी भारत र चीनसँग कुराकानी गरिरहेका छौं । हेरौं के हुन्छ । हाम्रो प्रयोग छिटोभन्दा छिटो समस्या सुल्झाउने हुनेछ ।

गत जुन १५ को राती लद्दाखको गलवान घाटीमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । झडपमा भारतीय सेनाका एक अफिसरसहित २० जवानको मृत्यु भएको थियो । भारतीय पक्षले दाबी गरेअनुसार झडपमा परि चिनियाँ सेनाका पनि दर्जनौं सैन्यको ज्यान गएको थियो । घटनासँगै दुवै देशबीच तनाव बढेको छ ।

ट्रम्पले यसअघि पनि मध्यस्थताको प्रस्ताव गरेका थिए

ट्रम्पले पछिल्लो महिना पनि भारत र चीनबीचको विवादमा मध्यस्थता गर्ने चाहना राखेका थिए । उनले भारत र चीन तयार भएमा अमेरिकाले सीमा विवाद सुल्झाउन मध्यस्थता गर्ने बताएका थिए ।

ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुराकारी गर्दै सीमा विवाद छिटोभन्दा छिटो सुल्झाउन आग्रह गरेका थिए । तर भारत र चीनले भने ट्रम्पको प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् ।

वि.सं.२०७७ असार ७ आइतवार १४:०० मा प्रकाशित

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् दुवै सदनको संयुक्त...

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

काठमाडौँ । यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको...

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८...

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको...

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र...