
८ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान संक्रमण पुष्टि भएकामा २ महिला र १८ पुरुष रहेका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमित थपिएकामा स्याङजा अर्जुन चौपारीका ३०, ३१, १६, ३८, ३० वर्षे पुरुष र ७ वर्षीय तीन बालक रहेका छन् भने ६ वर्षीया बालिका र ५० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । साथै कालीगण्डकी गाउँपालिकामा १४ वर्षीय युवक र ४८ वर्षीय पुरुष पनि संक्रमित भेटिएका छन् ।
त्यसैगरी नवलपरासी पूर्वमा ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा बौलिकाली गाउँपालिकाका २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्षीया पुरुष रहेका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु सबै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरु हुन् । उनीहरुलाई अस्पताल लैजाने तयारी भएको बताइएको छ ।