back
CTIZAN AD

सुनको मुल्यमा नयाँ किर्तिमानी, तोलामै पुग्यो ९१ हजार

वि.सं.२०७७ असार ८ सोमवार

675 

shares

काठमाडौं । कोरोना भाइरसले निम्त्याएको संकटका बीच पनि सुनको मूल्यमा आक्रामक बढोत्तरी आएको छ । लकडाउन खुलेसँगै उकालो लागेको सुनको मुल्य सोमबार आउँदा ९१ हजार पुगेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएअनुसार लकडाउन खुलेयता नेपाली बजारमा सुनको मुल्यमा १४ हजारले बृद्धि भएको छ । महासंघले जनाएअनुसार सोमबार नेपाली बजारमा छापावाल सुनको मुल्य ९१ हजार छ भने तेजाबी सुनको मुल्य ९० हजार ५६५ छ । आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ६ सय थियो ।

कोरोना भाइरसको महामारीले व्यापार व्यवसाय चौपट बनिरहेका बेला व्यावसायीले सुनमा लगानी गर्दा सुनको मुल्यमा नयाँ किर्तिमानी बनेको सुनचाँदी व्यवसायीले बताएका छन् । अन्तराष्ट्रिय बजारमा पनि सुनको मुल्य निरन्तर उकालोमा छ ।

त्यस्तै चाँदीको मुल्यमा पनि बढोत्तरी आएको छ । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ९५० मा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना भाइरसको महामारीले व्यापार व्यवसाय चौपट बनिरहेका बेला व्यावसायीले सुनमा लगानी गर्दा सुनको मुल्यमा नयाँ किर्तिमानी बनेको सुनचाँदी व्यवसायीले बताएका छन् । अन्तराष्ट्रिय बजारमा पनि सुनको मुल्य निरन्तर उकालोमा छ ।

वि.सं.२०७७ असार ८ सोमवार १२:५१ मा प्रकाशित

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

काठमाडौँ । यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको...

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८...

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको...

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र...

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका नेताहरुले सुकुमबासी बस्ती...