काठमाडौं । कोरोना भाइरसले निम्त्याएको संकटका बीच पनि सुनको मूल्यमा आक्रामक बढोत्तरी आएको छ । लकडाउन खुलेसँगै उकालो लागेको सुनको मुल्य सोमबार आउँदा ९१ हजार पुगेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएअनुसार लकडाउन खुलेयता नेपाली बजारमा सुनको मुल्यमा १४ हजारले बृद्धि भएको छ । महासंघले जनाएअनुसार सोमबार नेपाली बजारमा छापावाल सुनको मुल्य ९१ हजार छ भने तेजाबी सुनको मुल्य ९० हजार ५६५ छ । आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ६ सय थियो ।
कोरोना भाइरसको महामारीले व्यापार व्यवसाय चौपट बनिरहेका बेला व्यावसायीले सुनमा लगानी गर्दा सुनको मुल्यमा नयाँ किर्तिमानी बनेको सुनचाँदी व्यवसायीले बताएका छन् । अन्तराष्ट्रिय बजारमा पनि सुनको मुल्य निरन्तर उकालोमा छ ।
त्यस्तै चाँदीको मुल्यमा पनि बढोत्तरी आएको छ । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ९५० मा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।