८ असार, काठमाडौँ । अष्ट्रेलियन क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान डेविड वार्नरले टि-२० वल्ड कप स्थगित भएर आईपिएल भएमा अष्ट्रेलियाका सबै खेलाडीहरु आईपिएलमा भाग लिनको लागि तयार रहेको बताएका छन । डेविड वार्नर सनराइजर्स हैंदरबादका कप्तान हुन । उनको कप्तानीमा सनराइजर्सले एक पटक उपाधि जित्न समेत सफल भएको थियो ।
नोभेम्बर १८ देखी हुने भनिएको टि-२० वल्डकप कोरोना भाइरसको कारणले गर्दा अन्योलमा रहेको छ । टि-२० वल्डकपको बारेमा आईसीसीले निर्णय लिने छ ।
त्यसै गरि भारतमा मार्च २९ बाट हुने यस वर्षको आईपिएल पनि कोरोना भाइसको महामारीको कारणले स्थगित गरिएको छ । आईपिएलको निर्णय लिनको लागि बिसीसीआई पनि आईसीसीले लिने टि-२० वल्डकपको निर्णय कुरिरहेको छ ।
वि.सं.२०७७ असार ८ सोमवार १२:४८ मा प्रकाशित






















