back
CTIZAN AD

पाल्पामा पहिरोले पुरिएर तीन जनाको मृत्यु

वि.सं.२०७७ असार ८ सोमवार

909 

shares

८ असार, काठमाण्डौं । पाल्पामा सोमबार दिउँसो गएको पहिरोका कारण तीनजनाको मृत्यु भएको छ ।

पाल्पाको तानसेन नगरपालिकाको वडा नं ११ जोगिपानीस्थित सम्मोबारी भन्ने ठाउँमा आज दिउँसो २ बजेतिर गएको पहिरोले पुरिएर २ जनाको घटनास्थलमै र उद्धार गरिएका एकजनाको पाल्पाको मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सुरज श्रेष्ठका अनुसार उक्त ठाउँमा बिहान गएको पहिरो काटेर बाटो खुलाउने काम भइरहेको अवस्थामा पहिरोका कारण रोकिएर बसेका ट्रक र ट्यांकर माथिबाट खसेको पहिरोले बगाएर लैजादा दुईको घटास्थलमै र १ को उपचारका क्रममा सोमबार बेलुका ७ बजेतिर मृत्यु भएको हो ।

उनका अनुसार ट्रकका ड्राइभर गाडी बाहिरै रहेको र ट्यांकरमा कतिजना थिए भन्ने यकिन भएको छैन । ट्रक र ट्यांकर पाल्पाबाट गुल्मी जाँदै गरेको अवस्थामा पहिरोका कारण बाटोमै रोकिएका थिए ।

‘बिहानै गएको पहिरो काटेर बाटो खुलाउने काम भइरहेको थियो । एक्कासी माथिबाट आएको पहिरोले ट्रक र ट्याकंर बगाएर लैजादा दुईजनाको घटनास्थलमै र एकको उपचारका क्रममा मृत्यु भएको हो,’ इन्सपेक्टर श्रेष्ठले भने, ‘यतिजना पुरिएका छन् भन्ने यकिन भएको छैन घटनास्थलमा मोटरसाइकलको हेल्मेट भेटिएको, तर मोटरसाइकल देखिएन ।’

उनले दिउसोदेखि सेना र प्रहरीले उद्धार कार्य जारी राखेपनि पानी परेको र उद्धारका क्रममा थप मानिस नभेटिएकाले आजलाई उद्धार कार्य बन्द गरिएको संसारन्युजलाई जानकारी दिएका छन् । उनले मृतकहरुको अहिलेसम्म सनाखत नभएको समेत जानकारी दिएका छन् ।

तस्बिर: तिलक केसी

 

वि.सं.२०७७ असार ८ सोमवार २२:०० मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...