१० असार, काठमाण्डौं । गण्डकी प्रदेशमा आज ( बुधबार) बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिएका ३२ जनामा लम्जुङका ५, पर्वतका १, स्याङजाका ७, कास्कीका ५, गोरखाका १, बाग्लुङका ९, तनहुँका १, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का ३ जना गरी ८ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार लम्जुङको मध्य नेपाल नगरपालिकाका २१, २२, २४ र ३७ वर्षीय पुरुष, बेशिसहर नगरपालिकाकी ३३ वर्षीया महिला, पर्वत कुश्मा नगरपालिकाकी २४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी स्याङजा अर्जुन चौपारी गाउँपालिकाका १२ वर्षीय बालक, आँधिखोला गाउँपालिकाका ६५ वर्षीय पुरुष र वालिङ नगरपालिकाका २४, ४८ र ४० वर्षीय पुरुष, ३० महिने बालिका र २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिकाको २५ वर्षीय पुरुष र ४० र २३ वर्षीया महिला, मादी गाउँपालिकाका ४१ वर्षीय पुरुष र ४० वर्षीया महिला, गोरखा गण्डकी गाउँपालिकाका ४२ वर्षीय पुरुष, बरेङ गाउँपालिकाका २०, ३३, ६०, ३७, ४०, १९, ३५ र २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बाग्लुङको जैमिनी गाउँपालिकाका २० वर्षीय पुरुष, देवघाट गाउँपालिकाका २३ वर्षीय पुरुष र नवलपरासी पुर्वकाको गैडाकोट गाउँपालिकाका ३३, ५६ र ५१ वर्षीया महिला रहेका छन् ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

वि.सं.२०७७ असार १० बुधवार ०७:५९ मा प्रकाशित






























