मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्तहरू टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मध्याह्नदेखि सहयोगीहरू जुट्नाले काम बन्नेछ । मेहनतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । वादविवादमा अघि नसर्नुहोला, पेसातर्फ राम्रो फाइदा उठाउन सकिनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । सोखले पछिसम्म लाभ हुने काम प्रारम्भ गराउनेछ । तर खर्चको मात्रा बढ्न सक्छ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय आएको छ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । चिताएको काम छिटै सम्पादन हुनेछ। कामको दायित्व बढ्नेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । मिहिनेतले सफलता दिलाउनेछ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा साथीभाइको सहयोग जुट्नेछ । विद्यार्थीहरूमा ज्ञानको भण्डार बढ्नेछ । दैनिकी व्यस्त रहे पनि आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ । दिउँसोदेखि स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूर्ण नहुन सक्छ । पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला । मिहिनेतको उपलब्धि कम मात्र प्राप्त हुनेछ । समस्याप्रति समयमा गम्भीर नबन्दा दुस्ख पाइनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
सामान्य काममा पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । वादविवादले मनमा आक्रोश जाग्नेछ । मध्याह्नपछि स्थितिमा सुधार आउनेछ र बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । रमाइलो क्षणमा पनि मन ढुक्क नहुन सक्छ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । मिहिनेतले काम बन्नेछ भने भौतिक साधन जुटाउन सकिनेछ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । प्रतिस्पर्धात्मक काममा विशेष फाइदा हुनेछ ।
वि.सं. २०७७ असार ११ बिहीवार (इ.स. २०२० जुन २५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज बुधबारको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?
वि.सं.२०७७ असार ११ बिहीवार ०७:४७ मा प्रकाशित






























