
११ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा आज ( बिहिबार) बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामा म्याग्दीको मंगला गाउँपालिकामा २३, २६,२० र ३५ वर्षीय ४ पुरुष, बेनी नगरपालिकाका १७ वर्षीय पुरुष र २६ वर्षीया महिला, स्याङजा कालिगण्डकी गाउँपालिकाका २३ वर्षीय पुरुष, बाग्लुङ गल्कोट नगरपालिकाका २० र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै नवलपरासी (बर्दघाट सुस्तापुर्व) मध्यविन्दु नगरपालिकाका ५३ वर्षीय पुरुष र २० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २५ पुग्यो