
११ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका स्याङजाका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज मृत्यु भएकामा स्याङजा सिरुवारी निवासी ५५ वर्षीय पुरुष रहेका छन् ।
कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको बुधबार ११ः३५ मा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।