back
CTIZAN AD

सञ्जालद्वारा छुवाछुत अन्तको घोषणा

वि.सं.२०७७ असार १३ शनिवार

942 

shares

१३ असार, दाङ । समाजमा व्यप्त जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझा संजालको घोषणा गरीएको छ । संबैधानिक एवं कानुनीरुपमा जातीय विभेद अन्त्य भई सकेपनि व्यवहारमा अन्त्य नभएको र छुवाछुत जस्तो अमानवीय कुसंस्काले संभावित जातीय नरसंहारसम्मका घटनाहरु हुन सक्नेतर्फ संबेदनसील हुँदै २१ औं सताब्दिमा पनि नेपालमा जातीय विभेद र छुवाछुतका घटनाहरु घटिरहनु र मानव मानव बिचमा विभेद हुनु मानव समाजलाई जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजाल घोषणा गरिएको तदर्थ समितिका संयोजक बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले जानकारी दिए ।

“दलित समुदायको एक्लै आन्दोलनले मात्र जातीय विभेद र छुवाछुत अन्त्य नहुने हुँदा जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझा संजालको आवस्यकता परेको हो ” जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजालका राष्ट्रिय संयोजक बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले बताए । दलित समुदायले भोग्नुपरेको समस्या र दलित र गैह्रदलित समुदाय विच प्रत्यक्ष अन्तरकृया गराउने उदेस्यल जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजालका आवस्यक्ता रहेको जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझा संजालका संयोजक उपाध्यायले दावी गरे ।

जातीय विभेद र जातिय छुवाछुत साझा समस्या भएको भन्दै २१औं सताब्दिमा जातीय विभेद हुनु मानव सभ्यताको कलंक भएको भन्दै उपाध्यायले सबै समुदायले नेतृत्व लिएर जातीय विभेदको अन्त्य गर्नुपर्नै आवस्यक्ता देखिएको उपाध्यायले जिकिर गरे । जातीय विभेद र छुवाछुतकै कारण हिन्दुधर्म प्रति घृणा उत्पन्न भएको भन्दै उपाध्यायले हिन्दु धर्म बचाउन पनि जातिय विभेद र छुवाछुतको अन्त्य गर्नु पर्नै अनिबार्य आवस्यक्ता भएको दाबी गरे । “हिन्दूधर्मको उत्थान र व्यवहारीक ग्रहण र निरन्तरताका लागि जातीय विभेद अन्त्य हुन जरुरी छ ” उपाध्याएको दाबी छ ।

देशका ७७ वटै जिल्लाहरुमा जिल्ला समिति, ७ वटै प्रदेशहरुमा प्रदेश समिति र केन्द्रिय समिति सहित संबिधान र कानुन कार्यान्वयन गराउने सवालमा अभियान छेडिएको र जातीय विभेदरहित सभ्य मानव समाजको महान अभियानमा सहभागि हुन सबै न्याय प्रेमी जनसमुदायहरुमा आह्वान गरीने उपाध्यायले बताए । केही दिन भित्र दाङमा पत्रकार सम्मेलन गरी राष्ट्रिय समितिको घोषणा गरीने र लकडाउनको समाप्तिपछि देशै भरी संगठन निर्माण गरीने उपाध्यायले जानकारी दिए।

“नेपालको लोकतान्त्रिक संबिधानको व्यवहारतः कार्यान्वयन र हृदय परीवर्तन एवं जातीय सोंच बिरुद्धको महान अभियानमा सरीक हुन सम्पुर्णमा अपिल गरीने छ ” उपाध्यायले भने । “अब दलितका कुरा गैर दलितले र गैर दलितका कुरा दलितले नसुनुन्जेल समस्याको समाधान हुँदैन, रुकुम घटना तेसैको परिणाम हो” उपाध्यायले तर्क गरे ।

वि.सं.२०७७ असार १३ शनिवार २०:१० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...