
मेरो जन्म संयोग र वर्ग कै आधारमा तपाई मलाई घृणा नगर्नुस । जन्म न मेरो बुताको कुरा हो न निवेदनको कुरा यो फगत संयोग हो । केवल संयोग हामी जन्म संयोगले को कसको कोखमा बस्न आइपुग्यौ त्यो हाम्रो जैविक ल्याकतको कुरा हो हाम्रो चेतनाको पक्ष होइन ।
म जनै लगाउछु । जन्म संयोग म तागाधारी वर्गमा परे । म मन्दिर जान्छु, टीका लगाउछु, टुपी पनि पाल्छु । मेरो धार्मिक विश्वास र शैली हो । मैले जनै लगाएकै कारण, टुपी पालेकै कारण, मन्दिर ढोगेकै कारण म तपाई भन्दा उपल्लो र माथिल्लो जातको मान्छे आफूलाई सम्झन चाहन्न ।
मेरो जन्म संयोग र वर्ग कै आधारमा तपाई मलाई घृणा नगर्नुस । जन्म न मेरो बुताको कुरा हो न निवेदनको कुरा यो फगत संयोग हो । केवल संयोग हामी जन्म संयोगले को कसको कोखमा बस्न आइपुग्यौ त्यो हाम्रो जैविक ल्याकतको कुरा हो हाम्रो चेतनाको पक्ष होइन । मैले लगाएको जनैले च्यातिएको हाम्रो सामाजिक सद्भावको कमिज सिउने धागो बनाउन चाहान्छु म ।
तपाई दमाई मित्र सियो लिएर आउनुस, कैची बोकेर आउनुस च्यात्ने च्यातौ, जोड्ने जोडौ , फाल्ने फालौ, नमिलेको मिलाऔ । फिता बोकेर आउनुस हाम्रो समाजको नयाँ डिजाइन गरौ । तपाईको सियोमा मेरो जनैको धागो दिन तयार छु । मिलेर समाज सिउनु पर्छ , संगै जिउनु पर्छ । नमिलेका समाजका विसंगति उदार्नु पर्छ ।
विगतमा मेरा अग्रजले गरेको कमजोरी म सच्याउन र मेटन चाहन्छु । सबै अटने सद्भावनाको चौतारी भेटन चाहन्छु । मैले प्रायास्चित गर्ने ठाउँमा म सहजतापुर्वक क्षमा याचना गर्न सक्छु । त्यसैले सबै मिलौ । तपाईंले सिएको मोजा र टोपी अनि कमिजले शिर, शरीर र पाउ ढाक्ने म छुत अनि तपाईं अछुत कसरी ? म मान्दिन यो कुरा । अलय भत्काउ । मानवीय सदभावको डोरी बाटौ ।
(कार्कीको सामाजिक सञ्जालबाट)