back
CTIZAN AD

प्रिय दमाई मित्र, तपाई सियो बोकेर आउनुस म जनैको धागो दिन्छु

वि.सं.२०७७ असार १३ शनिवार

813 

shares

मेरो जन्म संयोग र वर्ग कै आधारमा तपाई मलाई घृणा नगर्नुस । जन्म न मेरो बुताको कुरा हो न निवेदनको कुरा यो फगत संयोग हो । केवल संयोग हामी जन्म संयोगले को कसको कोखमा बस्न आइपुग्यौ त्यो हाम्रो जैविक ल्याकतको कुरा हो हाम्रो चेतनाको पक्ष होइन । 

म जनै लगाउछु । जन्म संयोग म तागाधारी वर्गमा परे । म मन्दिर जान्छु, टीका लगाउछु, टुपी पनि पाल्छु । मेरो धार्मिक विश्वास र शैली हो । मैले जनै लगाएकै कारण, टुपी पालेकै कारण, मन्दिर ढोगेकै कारण म तपाई भन्दा उपल्लो र माथिल्लो जातको मान्छे आफूलाई सम्झन चाहन्न ।

मेरो जन्म संयोग र वर्ग कै आधारमा तपाई मलाई घृणा नगर्नुस । जन्म न मेरो बुताको कुरा हो न निवेदनको कुरा यो फगत संयोग हो । केवल संयोग हामी जन्म संयोगले को कसको कोखमा बस्न आइपुग्यौ त्यो हाम्रो जैविक ल्याकतको कुरा हो हाम्रो चेतनाको पक्ष होइन । मैले लगाएको जनैले च्यातिएको हाम्रो सामाजिक सद्भावको कमिज सिउने धागो बनाउन चाहान्छु म ।

तपाई दमाई मित्र सियो लिएर आउनुस, कैची बोकेर आउनुस च्यात्ने च्यातौ, जोड्ने जोडौ , फाल्ने फालौ, नमिलेको मिलाऔ । फिता बोकेर आउनुस हाम्रो समाजको नयाँ डिजाइन गरौ । तपाईको सियोमा मेरो जनैको धागो दिन तयार छु । मिलेर समाज सिउनु पर्छ , संगै जिउनु पर्छ । नमिलेका समाजका विसंगति उदार्नु पर्छ ।

विगतमा मेरा अग्रजले गरेको कमजोरी म सच्याउन र मेटन चाहन्छु । सबै अटने सद्भावनाको चौतारी भेटन चाहन्छु । मैले प्रायास्चित गर्ने ठाउँमा म सहजतापुर्वक क्षमा याचना गर्न सक्छु । त्यसैले सबै मिलौ । तपाईंले सिएको मोजा र टोपी अनि कमिजले शिर, शरीर र पाउ ढाक्ने म छुत अनि तपाईं अछुत कसरी ? म मान्दिन यो कुरा । अलय भत्काउ । मानवीय सदभावको डोरी बाटौ ।

(कार्कीको सामाजिक सञ्जालबाट)

वि.सं.२०७७ असार १३ शनिवार १९:५० मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...