-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा हालसम्मको कोरोना अपडेटः १२,३०९ संक्रमित, २८ जनाको मृत्यु र निको हुनेको संख्या २,८३४ पुग्यो



१३ असार, काठमाण्डौं । नेपालमा शनिबार ( १३ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ५ लाख ४ हजार ९११ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ८ हजार २९१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यो परीक्षण अघिल्लो दिनका तुलनामा झण्डै आधा कम हो ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २ लाख १० हजार ८७७ र आरडिटी प्रविधिबाट २ लाख ९४ हजार ३४ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४,६०६ वटा पिसीआर र ३,६८५ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,४४७ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ६५ हजार ७१२ रहेको छ ।
हालसम्म नेपालमा संक्रमितको संख्या १२,३०९ पुगेको छ भने आज निको भएर १३६ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २,८३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै मृतकको संख्या २८ रहेको छ ।

आज ५५४ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२,३०९ पुग्यो
नेपालमा आज ५५४ जनामा जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । जसमा १२० महिला र ४३४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज आज काठमाण्डौंमा ४ जना र भक्तपुरमा पनि १ जना संक्रमित भेटिएका छन् ।

आज ५५४ जनामा कोरोना संक्रमण भएको पुष्टि, हालसम्म नेपालका ७७ वटै जिल्लाका १२,३०९ जनामा संक्रमण

स्वास्थ्य मन्त्रालयका आज बाजुराका ८२ जना, डोटीका ७३ जना, प्युठानका ४९ जना, रौतहटका ३४ जना, दाङका ३१ जना, महोत्तरीका ३० जना, पाल्पाका २६ जना, बैतडीका २६ जना, स्याङजाका २१ जना, अर्घाखाँचीका १८, कैलालीका १४, सल्यानका १३, अछामका १३, रसुवाका ९, बाराका १२, डडेल्धुराका ८, कपिलवस्तुका ८, बााग्लुङका ८, गुल्मीका ७, उदयपुरका ७, सुर्खेतका ७, सर्लाहीका ६, नुवाकोटका ६, इलामका ५, बझाङका ४, बाजुराका ४, काठमाण्डौंका ४, बर्दियाका ४, कन्चनपुरका ३, धनुषाका ३ पर्साका ३, धादिङका ३, रुपन्देहीका ३ मोरङ, चितवन, मकवानपुर, कन्चनपुर ,नवलपरासीपूर्व र, बाँकेका २÷२ जना, जाजरकोट, पाँचथर, भक्तपुर र रोल्पाका १÷१ जना गरी जम्मा ५५४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका ५५४ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । जसमा १,३६९ महिला र १०,९४० पुरुष रहेका छन् ।
आज रसुवामा ९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

आज पनि १३६ जना डिस्चार्ज भए
नेपालमा आज पनि कोरोना संक्रमणबाट १३६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुनेमा १८ जना महिला र ११८ जना पुरुष रहेका छन् ।

आज निको हुनेमा गोठगाउँ आइसोलेशन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११ पुरुष, पाँचथरका १ पुरुष, सुनसरीका २० पुरुष, ताप्लेजुङका १ पुरुष र उदयपुरका ४ पुरुष संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोर्खाका १ पुरुष, कास्कीका ४ महिला र १० पुरुष गरी १४ जना, पर्वतका १ पुरुष र स्याङजाका १ महिला पनि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यसैगरी जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला, कोरोना विशेष अस्पताल दाङबाट १ परुष, मेहलकुना अस्पताल सुर्खेतबाट ७ महिला र ६ पुरुष गरेर १३ जना, सुशिल कोइराला प्रखर अस्पताल बाँकेबाट बर्दियाका ४ महिला र २ पुरुष तथा बाँकेका २ महिला र २१ पुरुष गरी २३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज निको भएका १३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २,८३४ पुगेको छ । जसमा २४२ महिला र २,५९२ पुरुष रहेका छन् ।

थप १ जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो
नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

फोक्सोमा क्यान्सर रहेका उनी भारतमा उपचार गराउँदै आएको र थप समस्या आएपछि उपचारका लागि चितवन लगिएको थियो । असार ११ गते उनको श्वाव संकलन गरेर गरिएको कोरोना भाइरस परीक्षणको नतिजा पोजेटिभ आएको थियो ।

कोरोना संक्रमण भएको पुष्टि भएसँगै उनलाई भरतपुरको कोरोना अस्पतालको आइसोलेसनमा सारेर उपचार गरिएको थियो । उपचारकै क्रममा आज (असार १३ गते शनिबार) बिहान साढे ६ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनको शब नेपाली सेनाको सहयोगमा व्यवस्थापन भएको जानकारी समेत मन्त्रालयले दिएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

‘कोरोना भाइरस रिमुभिङ कार्ड’ का बारेमा स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण
कोरोना भाइरसबाट बच्नका लागि ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ बजारमा आएको भन्दै हल्ला फैलिएकोप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयद्धारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यस्तो प्रकारको कुनै प्रविधिको अहिलेसम्म विकास नभएको र यसबारेमा विभिन्न भ्रमहरु फैलाइएको समेत बताएका छन् ।

‘हालै मात्र ‘भाइरस रिमुभिङ कार्ड’ पत्ता लागेको र यो घाटीमा झुण्ड्याएमा कोभिड रोग लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रकार सम्मेलनका क्रममा डा. गौतमले भनेका छन्, ‘यस किसीमको कुनैपनि कार्ड हालसम्म पत्ता लागेको छैन । यस्तो विधि र प्रक्रिया नै सुरु नभएको सबैमा अनुरोध छ ।’

डा गौतमले यस्तो विधि भएको भए संसारभर यतिधेरै समस्या नहुने बताउँदै यस्ता विधिको खाँचो सबैलाई भएपनि प्रभावकारी नभएको पनि उनले बताए । ‘यस्ता किसिमका प्रविधि भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भई प्रक्रिया अनुसार नै सरकारले आफै उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउने छ ।’ उनले भने ।

भाइरस रिमुभिङ कार्डका नामले कसैले कार्ड बनाउने, विदेशबाट ल्याउने र व्यापार गर्ने प्रयोजनका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिहरुका गलामा विभिन्न तरिकाले झुण्ड्याउने र प्रचार गर्ने गरेको देखिएकोमा मन्त्रालय ज्यादै चिन्तित रहेको पनि डा. गौतमले बताए ।

‘त्यस किसिमका कुनैपनि कार्डहरुलाई नेपाल सरकारले स्विकृति नदिएको र त्यस्ता कार्डमा प्रयोग भएका भनिएका रसायन हरुले मुटु, फोक्सो, कलेजो लगायतका अंगहरुमा असर गरी स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्दछ ।’ उनले भने ।

‘यो रोग विश्वव्यापीरुपमा फैलिएको रोग हो । यसको रोकथाम र नियन्त्रणका उपायहरुका बारेमा धेरै बैज्ञानिक र चिकित्सकहरु रातदिन अध्ययन अनुसन्धान गरिरहेका छन्,‘ डा. गौतमले भने, ‘ती खोजबाट कुनैपनि नयाँ कुरा पत्ता लाग्ने वित्तिकै स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई जानकारी हुने खालका बिज्ञहरुको संयन्त्र हामीसँग छ ।’

डा. गौतमले यसै अनुसार सर्वसाधारणलाई जानकारी गराउने र मन्त्रालयले गरेका प्रतिकार्यका कामहरुमा सुधार गर्दै लगिरहेको समेत बताएका छन् । उनले बेलाबेलामा विभिन्न व्यक्ति तथा समुहको निहित स्वार्थका कारण विभिन्न भ्रमहरु सिर्जना गर्ने काम भइरहेको र त्यसैलाई फैलाउने काम भएको भन्दै यस्ता भ्रमहरु थाहा पाउना साथ मन्त्रालयललाई जानकारी गराउन समेत सबैमा अनुरोध गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस