back
CTIZAN AD

सलह कीराको त्रास, जानकारी लिन प्राविधिकहरु परिचालन

वि.सं.२०७७ असार १३ शनिवार

780 

shares

१३ असार, काठमाडौँ । शनिबार बिहान सलह कीरा नेपालका केही जिल्लाहरुमा प्रवेश गरेपछि कोरोना भाइरसको भन्दा बढी त्रास फैलिएको छ ।

बारा, पर्सा, सिन्धुली, सर्लाली, रुपन्देही लगायतका जिल्लाहरुमा सलह कीरा प्रवेश गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह कीराको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका बिषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तरगतका प्राबिधिकहरू परिचालित भैसकेको जनाएको छ ।

मन्त्रालयका प्रवत्ता डा हरिबहादुर केसीद्वारा जारी विज्ञप्तीमा प्राबिधिकहरूको सम्पर्क र समन्वयमा रही यस कीराको ब्यवस्थापनमा सकृय रहन तीनै तहका सरकारका सम्बन्धित निकायहरुसँग अनुरोध गरिएको छ ।

यो कीरा लामो सयमदेखि भारतका विभिन्न स्थानमा देखिएकोले नेपालमा पनि यसको प्रवेशलाई दृष्टिगतगरी सोको अध्ययन गरी आवश्यक तयारीका लागि प्राविधिक कार्यदल गठन गरेको जानकारी गराउँदै मन्त्रालयले यसबीचमा विश्व खाद्य तथा कृषि संगठनका विज्ञहरुसँग परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी तयारी गरी प्रकाशन गरी प्रचारप्रसार गरिएको उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही यस कीराको सम्भावित प्रवेशका सम्बन्धमा अनुगमन गरिराखिएको पनि विज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७७ असार १३ शनिवार १९:२० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...