काठमाडौं । टेक्नोलोजीको दुनियामा सबैभन्दा अगाडि देखिएको माइक्रोसफ्टले विश्वलाई नै चकित पार्नेगरि अनौठो घोषणा गरेको छ । कम्पनीको घोषणाअनुसार कम्पनीका विश्वभरका रिटेल स्टोर्स छिट्टै बन्द हुनेछन् ।
कम्पनीले जनाएअनुसार रिटेल स्टोर्स बन्द भएपनि केहि समयसम्मै कम्पनीका रिटेल टीम, ग्राहक सेवा, सेल्स र सपोर्ट सेवा भने खुल्ला रहनेछन् । कम्पनीले स्टोर्सहरु बन्द गर्ने निर्णय कहिलेदेखि कार्यान्वयनमा आउने भन्नेबारे भने स्पष्ट पारेको छैन् ।
कोरोना प्रभावका कारण समस्यामा परेको कम्पनीले रिटेल स्टोर्सहरु बन्द गर्दै डिजिटल स्टोर्समा केन्द्रित हुने जनाएको छ । कम्पनीले विश्वभर जम्मा ४ वटा स्टोर्सहरु मात्र रहने उल्लेख गरेको छ । कम्पनीले जनाएअनुसार न्यूयोर्क, लण्डन, सिड्नी र रेडमण्डमा कम्पनीका मुख्य स्टोर्सहरु रहने छन् ।
कम्पनीले सबै कारोबार अनलाईन सेवाको प्रयोगबाट गर्ने बताएको छ । कम्पनीले स्टोर्सबाट भन्दा अनलाईनबाट सहज सेवा दिने प्रतिवद्धता पनि जनाएको छ ।
हाल कम्पनीको विश्वभर १ अर्बभन्दा बढि ग्राहक छन् । एजेन्सीबाट
वि.सं.२०७७ असार १४ आइतवार १५:०४ मा प्रकाशित






























