back
CTIZAN AD

नेपाल बोर्डर हुँदै पाकिस्तानी आतंककारी घुस्न सक्ने भन्दै बिहारमा उच्च सर्तकता

वि.सं.२०७७ असार १५ सोमवार

912 

shares

१५ असार, काठमाडौं । बिहारमा आतंककारीको घुसपैठ हुनसक्ने भन्दै राज्यको सबै जिल्लामा उच्च सर्तकता जारी गरिएको छ । समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार तालिबान र जैश–ए–मोहम्मदको आतंककारी समुह नेपाल बोर्डर हुँदै बिहारमा जान सक्ने भन्दै उच्च सर्तकता जारी गरिएको हो ।

एएनआईको रिपोर्टअनुुसार आईएसआईले ५ देखि ६ आतंककारी भारत पठाउने योजना बनाएको उल्लेख छ ।

आतंककारीको हिट लिस्टमा केन्द्रीय गृहमन्त्री

भारतको राष्ट्रिय अनुसन्धान संस्थाले जनाएअनुसार आतंकारीको मुख्य निशानामा केन्द्रीय गृहमन्त्री अमित शाह रहेका छन् । जनाइएअनुसार आतंककारी समुहले राष्ट्रिय अनुसन्धान संस्थाको इमेलमा धम्कीसहितको इमेल पठाएका थिए । जसमा अमित शाहसहितका भाजपा नेताको नाम छ ।

सबै गतिविधिमा विशेष निगरानी

भारतको केन्द्रिय सुरक्षा समितिले जारी गरेको उच्च सर्तकतामा कश्मीरी आतंकवादी, जैश–ए–मोहम्मद, अल कायदा, तालिबानलगायतका मुश्लिम कट्टरपन्थीको संगठनका गतिविधिप्रति विशेष ध्यान दिन निर्देश गरिएको छ । साथै सीमा क्षेत्रमा वारपार गर्ने सबैलाई विशेष सुरक्षा जाँग गर्न भनिएको छ । भास्करबाट

वि.सं.२०७७ असार १५ सोमवार १५:३६ मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता...