back
CTIZAN AD

सेयर बजारमा दाहोरो अंकको गिरावट, कसले कति कमायो ?

वि.सं.२०७७ असार १५ सोमवार

906 

shares

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । समग्र बजार परिसूचक १२.८७ अंकले घटेर ११८८.७० बिन्दुमा कायम भएको हो । कोरोना भाईरसको माहामारीको कारण गत चैत्र ११ गतेबाट बन्द भएको बजार (बिचका २ दिन बाहेक) ९५ दिन पछि खुल्दा दोहोरो अंकको गिरावट देखिएको हो । सोमबारको बजारमा ब्यापार, उत्पादन मूलक, अन्य र जीवन बीमा कम्पनी बाहेक सबै ११ उप समूहको परिसूचक नकारात्मक रह्यो ।

आज कूल ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कूल ९ लाख ७० हजार ७६ कित्ता सेयर किनबेच भएको छ भने ४८६२ पटक सेयरको लेनदेन भएको छ ।

आजको कारोबारमा सबैभन्दमा बढी जीवन बीमा कम्पनी समूहका लगानीकर्ताहरुले २३७.६२ अंकले कामएका छन भने सबै भन्दा बढी गुमाउनेमा निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरु रहेको छ । उनीहरुले मात्र १०१.४६ अंकले गुमाएका छन् ।

आज हिमालयन डिस्टिलरी प्रा.ली.को सेयर सबैभन्दा बढी कारोबार भएको छ । उसको रु ३ करोड ४३ लाख ६८ हजार ७ सय २२ बराबरको सेयर कारोबार भएको छ । संख्याको आधारमा नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी करोबार भएको छ । उसको मात्र आज ६६ हजार ४ सय ७२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी लेनदेन पटक भएको छ । उसको आज २५७ पटक सेयर लेनदेन भएको नेप्सेले जनाएको छ ।

त्यस्तै नागरिक लगानी कोषका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । उनीहरुले १८८ अंकले कमाउँदा स्वबलम्बन बिकास बैंकका लगानीकर्ताहरु सबै भन्दा धेरै गुमाउनेमा परेका छन् । उनीहरुले ११७ अंकले गुमाएका छन् ।

खुल्यो सेयर बजार, कारोबार सुरु भएको ४० मिनेट मै नेगेटिभ सर्किट

वि.सं.२०७७ असार १५ सोमवार १६:११ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...