
काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । समग्र बजार परिसूचक १२.८७ अंकले घटेर ११८८.७० बिन्दुमा कायम भएको हो । कोरोना भाईरसको माहामारीको कारण गत चैत्र ११ गतेबाट बन्द भएको बजार (बिचका २ दिन बाहेक) ९५ दिन पछि खुल्दा दोहोरो अंकको गिरावट देखिएको हो । सोमबारको बजारमा ब्यापार, उत्पादन मूलक, अन्य र जीवन बीमा कम्पनी बाहेक सबै ११ उप समूहको परिसूचक नकारात्मक रह्यो ।
आज कूल ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कूल ९ लाख ७० हजार ७६ कित्ता सेयर किनबेच भएको छ भने ४८६२ पटक सेयरको लेनदेन भएको छ ।
आजको कारोबारमा सबैभन्दमा बढी जीवन बीमा कम्पनी समूहका लगानीकर्ताहरुले २३७.६२ अंकले कामएका छन भने सबै भन्दा बढी गुमाउनेमा निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरु रहेको छ । उनीहरुले मात्र १०१.४६ अंकले गुमाएका छन् ।
आज हिमालयन डिस्टिलरी प्रा.ली.को सेयर सबैभन्दा बढी कारोबार भएको छ । उसको रु ३ करोड ४३ लाख ६८ हजार ७ सय २२ बराबरको सेयर कारोबार भएको छ । संख्याको आधारमा नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी करोबार भएको छ । उसको मात्र आज ६६ हजार ४ सय ७२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी लेनदेन पटक भएको छ । उसको आज २५७ पटक सेयर लेनदेन भएको नेप्सेले जनाएको छ ।
त्यस्तै नागरिक लगानी कोषका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । उनीहरुले १८८ अंकले कमाउँदा स्वबलम्बन बिकास बैंकका लगानीकर्ताहरु सबै भन्दा धेरै गुमाउनेमा परेका छन् । उनीहरुले ११७ अंकले गुमाएका छन् ।
खुल्यो सेयर बजार, कारोबार सुरु भएको ४० मिनेट मै नेगेटिभ सर्किट