back
CTIZAN AD

काठमाडौं उपत्यकामा कोरोना संक्रमण किन कम देखियाे ? काठमाडौं उपत्यकालाई महामारीबाट कसरी बचाउन सकिन्छ ?

वि.सं.२०७७ असार १५ सोमवार

825 

shares

काठमाडौं । काठमाडौं उपत्याकामा कोरोना संक्रमितको संख्या एकदम कम देखिएको छ । विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? भन्ने आम जिज्ञासा छ ।

काठमाडौं उपत्याका बाहिरबाट भित्रिनेको संख्या बढिरहेको छ । यस्तो अवस्थामा पनि काठमाडौं शान्त रहेको छ । राज्यले पनि काठमाडौंमा सर्भे तथा परीक्षण गर्ने उत्सुकता देखाएको छैन । मेरो बिचारमा काठमाडौंमा संक्रमण कम हुनुका केहि कारण यस्ता छन् –

१. काठमाडौंको जनसंख्या बढी नै सतर्क हुने मनोवृत्तिको छ । लकडाउनपछि पनि धेरै नागरिक घरबाहिर एकदम कम निस्केका छन् ।

२. भारतबाट फर्किएर काठमाडौं आउने नागरिकको संख्या नगण्य छ । एयरपोर्ट बन्द भएको हुँदा र चार्टर उडानमा आएका परीक्षण गरेर आउने, उनीहरुलाई क्वारेन्टाइनमा राखेर यहाँ पनि परीक्षण गर्ने तथा संक्रमितलाई अस्पतालमा राख्ने प्रणालीको कारण समुदायमा संक्रमण जान सकेको छैन ।

३. टेस्ट रिपोर्ट र सिफारिसबिना काठमाडौं आउन नपाइने समाचारको कारण अधिकांश व्यक्तिले यो झंझट गर्नुभन्दा केहि समयपछि काठमाडौं आउने मनस्थितिमा छन् । त्यस्तै सार्वजनिक यातायात नचलेको हुँदा आम नागरिकलाई काठमाडौं आउन कठिन छ ।

४. अब्यबस्थित क्वारेन्टाइनको कारण अन्य जिल्लामा संक्रमण बढेको छ । काठमाडौं उपत्याकामा क्वारेन्टाइनको संख्या न्यून भएको तथा भएका क्वारेन्टाइन पनि व्यवस्थित भएकोले संक्रमण फैलिन पाएको छैन ।

५. घाम ताप्ने, घरमै पकाएको ताजा खाना खाने, मास्क लगाउने, व्यक्तिगत दुरीको ख्याल गर्ने, हात धोइरहने, ब्यायाम गर्ने, दीर्घऔषधिसेवीले औषधि नछोड्ने, स्वास्थसेवाको पहुँच सहज भएको तथा चेतनाको स्तर केहि माथि भएको हुँदा कोरोनको कडी तोडिएको पनि हुनसक्छ ।

६. बन्द हलमा कन्सर्ट, नाचगान, कार्यक्रम आदि नभएको, स्कुल, कलेज, सिनेमाघर बन्द रहेको तथा भोजभतेर न्यून भएको हुँदा संक्रमण सिमित रहेको पनि हुनसक्छ ।

गत जनवरी/फेब्रुअरीतिर काठमाडौंमा रुघाखोकी तथा ज्वरो निकै फैलिएको थियो । त्यो कोरोना संक्रमण हुनसक्छ । यदि त्यो मौसमी रुघाखोकी भनिएको कोरोना संक्रमण थियो भने धेरै व्यक्ति इम्युन भएको हुनसक्छ । यसको लागि राज्यले गुणस्तरीय र्यापिड किट ल्याएर इम्युनोग्लोबिन टेस्ट गर्नुपर्दछ । र्‍यापिड टेस्ट काम लाग्ने सर्भेको लागि हो । अहिलेपनि काठमाडौं उपत्यकामा सर्भे गर्न सकिन्छ तर बिध्यमान गुणस्तरहीन किटले सहि रिपोर्ट आउँदैन ।

७. गत जनवरी/फेब्रुअरीतिर काठमाडौंमा रुघाखोकी तथा ज्वरो निकै फैलिएको थियो । त्यो कोरोना संक्रमण हुनसक्छ । यदि त्यो मौसमी रुघाखोकी भनिएको कोरोना संक्रमण थियो भने धेरै व्यक्ति इम्युन भएको हुनसक्छ । यसको लागि राज्यले गुणस्तरीय र्यापिड किट ल्याएर इम्युनोग्लोबिन टेस्ट गर्नुपर्दछ । र्‍यापिड टेस्ट काम लाग्ने सर्भेको लागि हो । अहिलेपनि काठमाडौं उपत्यकामा सर्भे गर्न सकिन्छ तर बिध्यमान गुणस्तरहीन किटले सहि रिपोर्ट आउँदैन ।

८. संक्रमित क्षेत्रबाट नागरिक आइरहेको हुँदा भित्रभित्रै भुसको आगोको रुपमा नदेखिएको पनि हुनसक्छ । काठमाडौं उपत्यकाका धेरै ठाउँमा १-२ जनामा पोजिटिभ देखिइरहेका छन् । यो अवस्था थाहा पाउन पिसिआर परिक्षणको दायरा बढाउन पर्ने देखिन्छ ।

९. काठमाडौंबाट सिधै मुस्तान लगायतका बिभिन्न ठाउँमा गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट अनुमान गर्न सकिन्छ कि काठमाडौं कोरोनामुक्त छैन ।

काठमाडौंमा नियमित र्‍यापिड किटबाट सर्भे, पिसिआर परिक्षणबाट कोरोना संक्रमणको परीक्षण, मास्क/सामाजिक दुरीमा कडाइ, आवतजावतमा नियमन तथा कन्ट्याक्ट ट्रेसिंग, शिल आदिलाई अहिले नै तीब्र गतिले प्रबन्ध नगर्ने हो भने यहाँ कोरोना संक्रमण फैलिएमा दिल्ली, मुम्बईलगायतका सहरको अवस्था आउन सक्छ भन्ने कुरा सरकार र हामी नागरिकले बुझ्नु जरुरी छ । हामी सुरक्षित छैनौं तसर्थ थप सतर्क बन्नु जरुरी छ ।

१०. काठमाडौंमा नियमित र्‍यापिड किटबाट सर्भे, पिसिआर परिक्षणबाट कोरोना संक्रमणको परीक्षण, मास्क/सामाजिक दुरीमा कडाइ, आवतजावतमा नियमन तथा कन्ट्याक्ट ट्रेसिंग, शिल आदिलाई अहिले नै तीब्र गतिले प्रबन्ध नगर्ने हो भने यहाँ कोरोना संक्रमण फैलिएमा दिल्ली, मुम्बईलगायतका सहरको अवस्था आउन सक्छ भन्ने कुरा सरकार र हामी नागरिकले बुझ्नु जरुरी छ । हामी सुरक्षित छैनौं तसर्थ थप सतर्क बन्नु जरुरी छ ।

११. काठमाडौं वरिपरीका हरेक नाकाबाट शंकास्पद आगन्तुकलाई क्वारेन्टाइनमा राख्ने, परिक्षण गर्ने तथा यो असार, साउन र भदौमा १५ दिन कडा लकडाउन गर्ने, १५ दिन खुकोलो गर्ने रणनीति अबलम्बन गर्ने हो भने संक्रमित १५ दिनमा निको हुन्छन् वा अस्पताल जान्छन् तथा उनीहरुले स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् । यो मोडेल अपनाउने हो भने ४० लाख जनसंख्या भएको काठमाडौंलाई बचाउन सकिन्छ ।

वि.सं.२०७७ असार १५ सोमवार १६:४० मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...