back
CTIZAN AD

आज काठमाडौँका ६ सहित ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३२४८ पुग्यो

वि.सं.२०७७ असार १५ सोमवार

810 

shares

१५ असार, काठमाडौं । नेपालमा आज (असार १५) ४७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा ११२ महिला ३६४ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी बाजुरामा ९६ जना, डोटीमा ६९ जना, दाङमा ५८ जना, अर्घाखाँच्ीमा ३८ जना, कैलालीमा ३० जना, पाल्पामा २६ जना र गुल्मीमा २० जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ महिला, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट सप्तरीका १० महिला र ५ परुष गरी १५ जना, जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका ६ पुरुष, महोत्तरीका ४ पुरुष, नारायणी अस्पताल वीरगन्जमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाग्लुङका १ महिला र १३ पुरुष गरी १४ जना, अर्घाखाँचीका ३ महिला र २४ पुरुष गरेर २७ जना, भक्तपुरका १, धनकुटाका १, गोर्खाका ५ पुरुष, गुल्मीका ५ महिला र १५ पुरुष गरेर २० जना, खोटाङका १ महिला, पाल्पाका १ महिला र १२ पुरुष गरी १३ जना, पर्वतका १ महिला र १२ पुरुष गरी १३ जना, प्युठानका १ महिला र ४ पुरुष गरी ५ जना, रौतहटका १ महिला र १५ पुरुष गरी १६ जना, रोल्पाका १ पुरुष, रुपन्देहीका ३ पुरुष, स्याङजाका १ महिला र ७ पुरुष गरी ८ जना, तनहुँका ५ महिला र ४ पुरुष गरि ९ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा धादिङका १ महिला र १ पुरुष, काठमाडौंका २ महिला र २ पुरुष गरी ४ जना, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ११ पुरुष, चितवनका २ महिला र २ पुरुष, कैलालीका १ पुरुष र पाल्पाका १३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा बाराका ३, मकवानपुरका १, र रौतहटका १ पुरुष, धुलिखेल अस्पताल काभ्रेमा गरिएको परीक्षणमा काभ्रेका १, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाण्डौंका १ पुरुष, रौतहटका १ पुरुष र ललितपुरका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका १ पुरुष र बाजुराका २० महिला र ४६ पुरुष गरेर ६६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका २ पुरुष, रुपन्देहीका २ पुरुष, प्युठानका १ महिला र ३ पुरुष गरी ४ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका २ र कालिकोटका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २२ महिला र ३६ पुरुष गरेर ५८ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बाजुराका ८ महिला र २४ पुरुष गरेर ३० र रुकुमपश्चिमका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा कैलालीका ८ महिला र २१ पुरुष गरेर २९ जना, डोटीका १७ महिला र ५२ पुरुष गरेर ६९ जना गरेर आज ४७६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ११२ महिला ३६४ पुरुष रहेका छन् ।

आज थपिएका ४७६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १३,२४८ पुगेको छ । जसमा १,५८६ महिला र ११,६६२ जना पुरुष रहेका छन् ।

नेपालमा आज ४६३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

वि.सं.२०७७ असार १५ सोमवार १६:५२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...